Jilla Ban Notis

कोटियामाई दुग्ध उत्पादक सहकारी संस्था लि.सुनवल ३ खैरेनिको अध्यक्षमा पुनः भण्डारी

0 34

पुजा लम्साल

सुनवल,पुष १२

कोटियामाई दुग्ध उत्पादक सहकारी संस्था लि.सुनवल ३ खैरेनि नवलपरासीको २५ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेसन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षता तथा सुनवल वडा नं ३ का वडाअध्यक्ष कर्णबहादुर शेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सेनले कृषिको बिकास बिना देशको आर्थिक उन्नति नहुने बताउनुभयो । उहाले कृषि जन्य बस्तुहरु दुध , माछा मासु, प्रयाप्त मात्रामा उत्पादन गरि आत्मनिर्भर भई निर्यात गर्न सक्ने बातावरण बनाउन सहकारी लाई आग्रह गर्नुभयो । सुनवल नगरपालिकाले पनि पशुपालक कृषकहरुलाई अनुदान प्रदान गरिरहेको र आगामि बर्षमा पनि अनुदान प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा मातृभुमि बहुउदेश्यि सहकारी सस्थाका अध्यक्ष भोजराज भण्डारी, मिलिजुलि कृषि सहकारी सस्थाका अध्यक्ष जित बहादुर पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष लोकनाथ भण्डारी र लेखा समितिको प्रतिवेदन सस्थाका टुल्का राम क्षेत्रिले प्रस्तुत गर्नुभएको थियो । कुल १सय ८ जना शेयरसदस्य आवद्ध रहेको यस सहकारी सस्थाको शेयर पुजि ५ लाख २४ हजार रहेको छ ।सम्पन्न ११ औ अधिवेसनबाट पुनः लोकनाथ भण्डारीको अध्यक्षतामा ९ सदस्यिय नया कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गुरुदत्त उपाध्याय सदस्यहरुमा क्रमशः बलभद्र पाध्य, थानेश्वर अर्याल, रुद्र प्रसाद तिवारी , बेनिमाधव बस्याल,काशिकला बस्याल, तुलाराम न्यौपाने र गुरुप्रसाद खवास चयन हुनुभएको छ । यसैगरि टुल्काराम क्षेत्रीको संयोजकत्वमा लेखा समिति चयन गरिएको छ । जसको सदस्यहरुमा सुरज चालिसे र मोहनलाल भट्टाई रहनुभएको छ । लेखा समिति सदस्य बिष्णु माया शंखको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन व्यवस्थापक दिपक तिवारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.