Jilla Ban Notis

कृष्ण गण्डकी गोल्डमार्ट प्रा.लि.को सेवा शुरु ।

0 71

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
नवलपरासीमा रहेर विगत दुई दशक देखि आफ्नो ब्यवसाय संचालन गर्दै आएको कृष्ण गण्डकी परिवारले बुधवार देखि कृष्ण गण्डकी गोल्डमार्ट प्रा.लि. शुभारम्भ गरेको छ । बर्दघाट –४ ,शिवकोलनीमा रहेको कृष्ण गण्डकी गोल्डमार्ट प्रा.लि.ले सुनचांदीका गरगहनाहरुको खरिद विक्रि गर्ने काम गर्दछ । कृष्ण गण्डकी गोल्डमार्ट प्रा.लि.का संचालक विन्दु गहतराज एवं राजेन्द्र सुनारका अनुसार कृष्ण गण्डकी परिवारले अहिले सम्म कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा रहेर ५ वटा शाखा र कृष्ण गण्डकी गोल्डमार्ट प्रा.लि.गरी ६ स्थानवाट आफ्ना उपभोक्ताहरुलाई सक्दो छिटो छरीतो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । बजारको माग र उपभोक्ताहरुको चाहना अनुसार सुनचांदीका गरगहनाहरु आधुनिक डिजाईनमा निमार्णगरी सर्वसुलभ मुल्यमा दिएकै कारण अहिले आफुहरु यो स्थानमा पुगेको बताउदै संचालक राजेन्द्र सुनारले अझ उपभोक्ताहरुको चाहना र माग अनुसार बेला बेलामा सुन नपाउने समस्याले गाह्रो भएको बताउनु भएको छ । नेपाल सुनचांदी ब्यवसायि संघ नवलपरासीका जिल्ला अध्यक्ष समेत रहेका सुनारले नवलपरासी जिल्लामा रहेर सुन चांदीको ब्यवसायगर्ने सबै ब्यवसायिहरुलाई सफल ब्यवसायि र उपभोक्ताहरु प्रति उत्तरदायि बनाउने प्रयास जारी रहेको समेत बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.