Jilla Ban Notis

कृषी पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा स्थापित गर्नु छ ः नगर उप–प्रमुख उपाध्याय

0 192

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१९
कृषी पेशालाई सम्मानित,मर्यादित र कृषीपेशाबाट सन्तुष्टी हुनेगरी उत्पादनमा लाग्ने वातावरण सृजना गर्ने गरी बर्दघाट नगरपालिका अघि बढेको नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।
नवौँ विश्व माटो दिवशको अवसरमा बर्दघाट नगरपालिकाद्वारा आयोजित प्रभातफेरी कार्यक्रम पश्चात भएको कार्यक्रममा बोल्दै उप प्रमुख उपाध्यायले उक्त कुरा बताउनु भएको हो । बर्दघाट नगरले कृषिलाई नगरको मेरुदण्डका रुपमा लिएको बताउदै नगरको आर्थिक रुपान्तणमा दिगो विकास भनेकै कृषिवाट हुने गरी नगरलागि परेको बताउनु भएको थियो । यहांले माटोलाई माया गरे मात्र माटोले किसानलाई माया गरेर उत्पादन वृद्धि गर्ने भएकाले माटोको उर्भर शक्तिलाई बढाउनेगरी ब्यवसायिक तरीकाले आधुनिक कृषिमा लाग्न आग्रह समेत गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बर्दघाट नगरपालिकाका कृषि बिज्ञ सल्लाहकार चक्रपाणी पन्थीले माटोको उर्भरा शक्ति कम्जोर हुनुमा सहरीकरण,अत्याधिक रसायनको प्रयोग,माटोमा प्राङगरीक वस्तु नहाल्नु, जमिनको अत्याधिक उत्खनन् गर्नु,नदि खोलाको बहाव परिर्वतन ,आगो र जंगल तथा पानीको प्रत्यक्ष प्रभाव जस्ता कारण नै मुख्य रहेको बताउनु भएको थियो ।

दिब्य ज्योती माबि चिसापनीका कृषि विषय अध्ययन गर्ने बिद्यार्थी , नगरका ब्यवसायिक कृषि तथा कृषिसंग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा माटोको अवस्था बारे कृषि प्राबिधिक राजेन्द्र पन्तले सहजीकरण गर्नु भएको थियो भने कृषक देवी बस्याल लगाएतले आफ्ना अनुभवहरु राख्नु भएको थियो ।

स्वास्थ्य माटोको साथ, खाद्य उत्पादनको शुरुवात भन्ने नाराका मुल नाराका साथ आयोजना गरीएको उक्त कार्यक्रम नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको अध्यक्षता र कृषि विकास शाखाका जेटीए खुमाकान्त न्यौपानेको संचालनमा सम्पन्न् भएको थियो ।

@gauledarpan

नवौँ विश्व माटो दिवश ः बर्दघाट नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय

♬ original sound – Gauledarpan – Gauledarpan

Leave A Reply

Your email address will not be published.