Jilla Ban Notis

कृषि मेशिनरी मर्मत बिषय तालीम सम्पन्न ।

0 65

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१२
कृषि ज्ञान केन्द्र नवलपरासीले आयोजना गरेको तीन दिने कृषि मेशिनरी मर्मत बिषय तालीम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीका कार्यालय प्रमुख शिव प्रसाद अर्यालको अध्यक्षता र तालीम संयोजक डिल्लीराज पौडेलको संचालनमा उक्त तीन दिवसीय तालीमको समापन गरीएको थियो ।

तालीमको समापन गर्दे केन्द्र प्रमुख अर्याले औपचारीक तालिमको समापन भएपनि वास्तविक तालीम बल्ल शुरु भएको बताउनु भएको थियो । उहांले सिकेको सिपलाई ब्यवहारमा लागु नगर्दा सम्म तालीमको कुनै औचित्य नहुने बताउनु भएको थियो ।

कृषि ज्ञान केन्द्रमा सम्वद्ध हरित स्वयम सेवकहरुका लागि लक्षीत गरी आयोजना गरीएको उक्त कृषि मेशिनरी मर्मत बिषय तालीममा १४ जना हरित स्वयम सेवकहरुको सहभागिता रहेको थियो ।

तीन दिवसीय कृषि मेशिनरी मर्मत तालीममा गिरीधारी कृषि मेसिनरी सप्लायर्स बुटवल,मिलनचोकका संचालक गिरीधारी थारुले सहभागिहरुलाई लिखित तथा प्रयोगात्मक बिधिवाट तालिम प्रदान गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.