Jilla Ban Notis

कृषि तर्फ केन्द्रीत हुदै बर्दघाट नगरपालिका

0 22

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१४
कोरोना संक्रमणको त्रास फैलिरहदा लक डाउनले सबैतिर प्रभावित बनाएको छ । वर्षभरी खानेवाली लगाउने वेला लक डाउनका कारण किसानहरु मल,विऊ समेत नपाउनेहोकि ? भन्ने चिन्ताले हैरान भएका छन् । यसैलाई मध्ये नजर गरी नवलपरासीको बर्दघाट नगरपालिकाले आफ्ना किसानहरुका लागि समयमै सहज र सर्वसुलभ तरीकाले आवश्यक विउ विजन उपलब्ध गराउनका लागि सहकारीसंग सहकार्य गरीरहेको नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ । नगर प्रमुख वस्यालका अनुसार नगरपालिकाले नगरक्षेत्रका किसानहरुका लागि विभिन्न प्रकारका कृषि सामाग्री देखि विभिन्न प्रकारका अनुदानहरु प्रदानगर्दै आएको छ । त्यसैगरी अहिले बन्दा वन्दीको समयलाई समेत ध्यानमा राखेर केषिकहरुका लागि नगरपालिकाले के गर्न सकिन्छ ? भन्ने वारेमा अब केहिदिनमा वस्ने बर्दघाट नगर कार्यपालिकाको बैठकले उचित निर्णय गर्ने नगर प्रमुख वस्यालले बताउनु भएको छ । त्यसैगरी कृषि कार्यमा प्रयोग हुने टेक्टरको जोताई मुल्य निर्धारणका लागि भोलीपर्सीमा टेक्टर ब्यवसायिहरुसंग बसेर मुल्य निर्धारण गर्ने तयारी भएको समेत नगर प्रमुख वस्यालले जानकारी दिनु भएको छ । त्यसैगरी छिमेकी पालिकाहरुले गरेका कृषिका नयां–नयां योजनाहरुको प्रभावलाई मुल्याङ्कन गरेर अघि बढीने नगर प्रमुख वस्यालले बताउनु भयो । अहिले बर्दघाट नगरपालिकाले वडा नं.२ को पहाडीक्षेत्रलाई बाख्रा पालनको पकेट क्षेत्र,वडा नं.१२ र १३ मा मकै वालीको पकेट क्षेत्र ,वडा नं.१४ र १५ लाई तरकारी खेतीको पकेट क्षेत्र बनाउने तयारीमा अघि बढेको छ ।

Leave A Reply

Your email address will not be published.