Jilla Ban Notis

कृषि कार्यलाई सहज बनाउन प्रदेश सभासद् जयसवालको माग

0 12

हरि शर्मा
परासी, १३ बैशाख ः

धान लगायत अन्य तरकारी र अन्नबाली लगाउने सिजन सुरु भइसकेको भन्दै प्रदेश ५ का सभासद् बैजनाथ जयसवालले कृषि कार्यलाई सहज बनाउन सरकारसँग माग गरेका छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जैसवालले लकडाउनका कारण किसानहरु घर बाहिर निस्कन नसकेको अवस्थामा उनीहरुलाई आवश्यक पर्ने बिउबिजन र मलखाद घरमै पु¥याएर कृषि सेवालाई सहज बनाउन तीनै तहका सरकारसँग माग गरेका हुन् । शनिबार प्रेस विज्ञप्ती निकाल्दै जयसवालले किसानहरुलाई समयमै बिउ र मलखादको व्यवस्था गर्न नसके उत्पादनमा कमि आउने र देशमा खाद्यन्न संकट निम्तिने निश्चित भएको भन्दै किसानहरुलाई आवश्यक पर्ने सवारीसाधनदेखि कृषि सम्बन्धिका सम्पूर्ण कार्यलाई सहज बनाउन माग गरेका हुन् ।
पश्चिम नवलपरासी जिल्लाका किसानहरु अहिले बिउबिजन र मलखाद पाउन नसक्दा बाली लगाउन नसक्ने अवस्थामा रहेको विज्ञप्तीमा उल्लेख छ ।
लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्न सरकारले कृषि उत्पादनमा जोड दिएको जनाएपनि किसानहरुलाई सहज रुपमा सामाग्री उपलब्ध गराउन नसक्नु दुःखद भएको सभासद्को भनाई छ । सरकारले अत्यावश्यक सेवाको सूचीमा बिउबिजन र मलखाद बिक्री गर्ने पसल र संस्थालाई समावेश गरी किसानहरुका लागि विशेष कार्यक्रम ल्याउन सभासद् जयसवालले तीनै तहका सरकारसँग विज्ञप्ती मार्फत माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.