Jilla Ban Notis

कृषि,पर्यटन र सहकारीको माध्यामवाट समृद्धनगर बनाउछौं ः उप–प्रमुख उपाध्याय

साना किसान कृषि सहकारी संस्था ,बर्दघाटको २५ औं वार्षीक साधारण सभा सम्पन्न् ।

0 93

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१५
बर्दघाट नगरलाई कृषि,पर्यटन र सहकारीको माध्यामवाट समृद्धनगर बनाउने तर्फ नगरपालिका लागि परेको बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था लि. माकर,बर्दघाट–४ को २५ औं वार्षीक साधारण सभालाई सम्बोधनगर्दै उप–प्रमुख उपाध्ययाले उक्त कुरा बताउनु भएको हो ।

नगरका किसानहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको समस्यालाई मध्य नगरगरी नगरपालिकाले बर्दघाटमा रहेको नेपाल रेडक्रश सोसाईटी बर्दघाट शाखाको भवनलाई भााडामा लिएर तरकारी तथा फलफुलको खरीद तथा विक्रिकेन्द्र संचालन गर्न लागेको समेत बताउनु भएको थियो ।

बर्दघाट नगरका उत्पादन र त्यसको बजारीकरणसंगै कोशेसी घरका रुपमा समेत विकास गर्ने गरी उक्त कार्यको शुरुवात गरीएको बताउदै नगरका कुनै किसानले उत्पादन गरेको वस्तु बिक्रिभएन भनेर चिन्ता लिने दिन सकिएको बताउनु भएको थियो ।

त्यसैगरी नगरको आयस्रोत बढाउनका लागि नगरपालिकाले घरबहाल कर,नक्शा पास लगाएतका क्षेत्रमा अलिबढी कडाईका साथ अभियान नै संचालन गरेको बताउदै सम्पूर्ण नगरवासीहरुले आफुले नगरमा तिर्नु पर्ने कुनै पनि कर समयमा नै तिर्ने बानीको विकास गर्नका लागि सबैसंग आग्रह गर्नु भएको थियो ।

साना किसान कृषि सहकारी संस्था लि. माकर,बर्दघाट–४ का अध्यक्ष संदिप सापकोटाको अध्यक्षता र नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त वार्षीक साधारण सभमा बर्दघाट नगरकार्यपालिका सदस्य मञ्जु चालीसे वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री वडा नं. ३ का वडाध्यक्ष प्रकाशचन्द्र अधिकारी ,लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले संस्थाको सांगठनिक संरचना,लगानी असुली, कोषको बाँड–फाँड,कर्मचारी ब्यवस्थापन,राहत वितरण,आगामि आर्थिक बर्षको निति तथा कार्यक्रमहरु,कर्जा निति,शेयर निति लगाएत संस्थाको प्रगति विवरण प्रस्तुत् गर्नुृ भएको थियो ।
जस्मा आ.ब. २०७८÷०७९ मा संस्थाको शेयर पुंजी २ करोड,७७ लाख ५२ हजार रुपैया रहेको छ भने जगेडा कोषमा ६ करोड २ लाख ५६ हजार २ सय ८१ रुपैया ५० पैसा रहेको छ । त्यसैगरी निक्षेपमा २२ करोड ६१ लाख ३० हजार २ सय ४० रुपैया ७७ पैसा रहेको छ भने ऋण लगानीमा ३३ करोड ४९ लाख १६ हजार ८ सय ४५ रुपैया २८ पैसा रहेको प्रतिवेदन प्रस्ुतत् गरीएको छ । आम्दानी तर्फ भने ५ करोड ७२ लाख ४२ हजार ६ रुपैया २९ पैसा र खर्च तर्फ ४ करोड ४७ लाख ५ हजार ९ सय ९६ रुपैया ९६ पैसा र खुद मुनाफा १ करोड,२५ लाख ३६ हजार ९ रुपैया ९६ पैसा भएको जनाईएको छ ।

यसैविच
साना किसान कृषि सहकारी संस्था लि. माकर,बर्दघाट–४ ले आज २५ औं वार्षीक साधारण सभाको अवसरमा आफ्ना जेष्ठ शेयर सदस्यहरु र सफल ब्यवसायिक किसानहरुलाई पनि सम्मान तथा पुरस्कृत गरेको थियो ।

२०५५ सालमा विधिवत रुपमा संस्था दर्ता भएर आर्थिक कारोवार शुरु गरेको यस संस्थाले अहिले ३ सय ६९ समुह भित्र २ हजार ५ सय घर परिवारलाई अवद्धगरी आफ्नो सेवा प्रवाह गरीरहेको छ । नवलपरासी जिल्लाको साविक माकर गाविस भित्रका ९ वटा वडा र प्रतापपुर गाउपालिकाको वडा नंं १ र २ लाई यस संस्थाले आफ्नो कार्य क्षेत्र बनाएर काम गरीरहेको छ ।

Leave A Reply

Your email address will not be published.