Jilla Ban Notis

कृषक समूह र कृषि फर्मलाई हरियो मल (ढैँचा) को बिऊ वितरण

0 55

कृष्ण ढकाल
बर्दघाट,बैशाख–५

बर्दघाट नगरपालिकाले नगरमा सूचिकृत भएका कृषक समूह र कृषि फर्मलाई हरियो मल (ढैँचा) को बिऊ वितरण गरेको छ । नगरका कृषकहरुको उत्पादन बृद्धि गर्ने उद्धेश्यले हरियो मलको बिऊवितरण गरीएको बर्दघाट नगरका नगर प्रमुख धिरज शर्माले बताउनु भएको छ ।
हरियो मल (ढैँचा) को प्रयोगले माटोको उर्बरा शक्ति बढाउने भएकाले हरियो मल (ढैँचा) को बिऊ वितरण गरेको नगर उप प्रमुख माया देवि पौडेलले बताउनु भयो । नगरपालिकाले नगरका २० वटा कृषक समूहलाई छानेर ९ सय ७३ के.जि. हरियो मल (ढैँचा) को बिऊ वितरण गरेको कृषी शाखा अधिकृत युवराज लम्सालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.