Jilla Ban Notis

कुल बजेटको झण्डै ५० प्रतिशत बजेट पुर्वाधार बिकासमा ः मुख्यमन्त्रि शंकर पोखरेल

0 46

सुनवल,फागुन १४
प्रदेश नं ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश ५ सरकारले प्रशासनिक खर्च कम गर्दै कुल बजेटको झण्डै ५० प्रतिशत बजेट पुर्वाधार बिकासमा छुट्याएकोे बताउनुभएको छ । उहाले बिकास खर्च बढाएमा त्यसको प्रतिफल जनताले पाउने हुनाले त्यस हिसावले प्रदेश सरकार अघि बढेको समेत बताउनुभयो । प्रादेशिक सडक पुल समन्वय क्षेत्रिय कार्यालय प्रदेश ५को सहयोग र सडक पुर्वाधार बिकास कार्यालयले आयोजना गरेको सुनवल –महलपोखरी –पाल्पा जोड्ने बेलारि खोला पुल र झरही–बनकट्टि जोड्ने दुवै पुलको सिलन्यासको क्रममा मन्त्रि पोखरेलले उक्त कुरा बताउनुभएको हो । बिकासलाई जनताको सामु पुराउनु नै संघियतालाई आत्मसाथ गरेको मुख्यमन्त्रि पोखरेलको भनाई छ । उहाले प्रदेश सरकारले पुर्वाधार बिकासका सन्र्दभमा आवश्यक आयोजनाहरुको पहिचान गरि ति आयोजनालाई अगाडि बढाउदा कामहरुको महत्व पनि स्थानिय निकायमा बढि हुने बताउनुभयो । प्रदेशले बिगतमा गरेका कामहरु देखिने अवस्था सिर्जना भएको बताउदै मुख्यमन्त्रि पोखरेलले यो एउटा सरकार हुनुको राम्रो संकेत भएको र सरकार भनेकै काम गर्न बनेकाले जब काम देखिन थाल्छ तव मात्र जनताले सरकार भएको अनुभुति गर्ने बताउनुभयो ।
उहाले प्रदेश सरकारले अवको ३ बर्ष भित्र सवैको घरघरमा पिउने पानी र बिधुत पुराउने लक्ष्य राखेको जानकारी गराउनुभयो । अत्यन्त गरिव सिमान्तकृत समुदायको जिवन स्तर उठाउन मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रम अघि बढाएको बताउदै कृषिको आधुनिकिकरण बजारीकरण गर्ने खालका कामहरुलाई उच्च प्राथमिकता दिएको हुदा कृषकहरुलाई बैज्ञानीक कृषि प्रणाली अपनाउन मुख्यमन्त्रि पोखरेलले आग्रह गर्नुभयो ।     कार्यक्रममा प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले प्रदेश सरकारले पश्चिम नवलपरासीमा कुल ५ वटा ठुला पुल निमार्ण गर्ने क्रममा ३ वटाको शिलन्यास गरिसकिएको र बाकि २ वटाको पनि आगामि जेठ भित्रै सिलन्यास गर्ने योजना रहेको बताउनुभयो । उहाले बिगतका सरकारहरुले आश्वासन मात्र दिदै आएको बहु प्रतिक्षित पुलहरु सिलन्यास गराउन पाएकोमा खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभासद् बैजनाथ जैसवाल, दिपेन्द्र कुमार अधिकारी, भगवति भण्डारी, सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न राजनैतिक दलका प्रमुख, लगायतको उपस्थिति रहेको थियो । सुनवल –महलपोखरी –पाल्पा जोड्ने बेलारि खोला पुल २ करोड ३४ लाख ३९ हजार लागतमा २०७८ असार महिना भित्र सम्पन्न गरिसक्नु पर्ने छ भने झरही–बनकट्टि जोड्ने पुल ८ करोड ७ लाख ४१ ह्जार रुपैयाको लागतमा २०७९ साउन महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Leave A Reply

Your email address will not be published.