Jilla Ban Notis

कुर्वान अलि अन्सारीको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न ।

कोरोना माहामारी संसदवादीहरुका लागि लैनो भैसी 

0 15

बर्दघाट , जेठ १८

नेकपा  क्रान्तिकारी माओवादी  सम्बद्ध अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य तथा दाउन्नेदवी प्रावि बर्दघाट १४ का प्राधानाध्यापक कुर्वान अलि अन्सारीको श्रद्धाञ्जलीसभा सरावल गाउपालिकास्थित गोबरहियामा भएको छ । सभामा बोल्ने बक्ताहरुले अन्सारीले शैक्षिक तथा सामाजिक क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै अन्सारीको ब्यक्तित्व अनुकरणीय रहेको बताएका थिए ।
नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सो पार्टीका जिल्ला सेक्रेटरी छविलाल खरेलले अन्सारीले पार्टीमा खेलेको भुमिकाको चर्चा गर्दै अल्पसंख्यक परिवारमा जन्मेर पनि अन्सारीले परिर्वतनको पक्षमा उभिएको बताउनुभयो । उहाँले यसबेला कोरोना महामारीका बेला समेत संसदवादी तथा नक्कली कम्युनिष्टहरुले कोरोना भाइरसलाई लैनो भैसीको रुपमा प्रयोग गरेको बताउनुभयो । नक्कली कम्युनिजष्टहरुको बिगबिगी छ, गाउघरमा ठगी धन्दा चलेको छ , दमन शोषण चलेकैछ – खरेलले भन्नुभयो –कोरोना भाइरस सत्ताधारी र सबै संसदवादीहरुका लागि लैनो भैसी भएको छ । २०७२ सालमा भुकम्प आउदाँ यिनीहरुलाई लटरी परेको थियो । कोरोना माहामारीका बेला भष्ट्रचार बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डेय, दाउन्नेदेवी प्राविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर अधिकारी शिक्षक बिमला लामिछानेलगायतले शोक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अन्सारीका छोरा मिराजले समेत बोल्नुभएको थियो । कार्यक्रम क्रान्तिकारी माओवादी नेता बृजदेव पाण्डेयको अध्यक्षता सो पार्टीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा क्षेत्रीको संचालनमा भएको थियो । अन्सारीको यही जेठ १५ गते हृदयघातका कारण निधन भएको थियो । त्यस्तै आइतवार नै दाउन्नेदेवी प्राविले श्रद्धाञ्जली सभा सम्पन्न गरेको जनाइएको छ ।

दलित आन्दोलनकारी माथि भएको दमनको भत्र्सना ।

नेपाल दलित मुक्ति मोर्चा पश्चिम नवलपरासीले पश्चिम रुकुममा भएको घट्नाका दोषी उपर कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका दलित अगुवाहरु प्रति दमन भएको भन्दै आपति जनाएको छ । सोमवार मोर्चाका जिल्ला संयोजक मंगले सार्की (बिष्णु)द्धारा जारी बिज्ञप्ति मार्फत उक्त आपत्ति जनाईएको छ । साथै घाइते भएका दलित अगुवाहरुको स्वास्थ्य उपचार तथा रुकुम घट्नाका दोषी उपर कानुनी कारवाही गर्न विज्ञप्ती मार्फत माग गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.