Jilla Ban Notis

किसानको खेती र बाली जोगाउन प्रदेश पा“च सरकारले ल्यायो प्रोत्साहन कार्यक्रम ।

0 39

कृष्ण ढकाल
बर्दघाट,असार–१३
आज भारत हुदै नेपालको नवलपरासी र रुपन्देही जिल्लामा सलह किरा भित्रिएको छ । सलह किरा भित्रिएसंगै प्रदेश पा“चको कृषि मन्त्रालयले किसानको खेती र बाली जोगाउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । रातिमा रुखमा झुण्ड बनाएर बस्ने सलह किरालाई जम्मा पारेर बुझाउने जोसुकैलाई पनि प्रोत्साहन रकम स्वरुप प्रति केजि २० रुपैया प्रदान गर्नेगरी आकश्मिक निर्णय गएको छ । रातिमा रुखमा झुण्ड बनाएर बस्ने सलह किरालाई जम्मा पारेर बुझाउने जोसुकैलाई पनि प्रोत्साहन गर्ने निर्णय भएको छ । यसरी धेरैले किरा जम्मा गर्दा बालीमा चर्न नपाउने भन्ने विज्ञहरूको भनाइ छ ।
यता नेपालमा सलह किरा प्रवेश गरेको देखेपछि किसानहरु भने त्रशित भएका छन् । नवलपरासीको परासी ,सरावल,बर्दघाटको सुखौरा र सुनवल क्षेत्रमा पनि सलह किरा आकाशमा उडेको र खेतवालीमा वसेको देखेपछि स्थानिय किसान चिन्तीत बनेका छन् ।
करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल र जालीको प्रयोग, ठूलो आवाज, धुंवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो ।  त्यसैगरी सलह नियन्त्रणको लागि विषादीको प्रयोग प्रभावकारी उपाय रहेको छ् । जस्का लागि मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सावधान रहौं, त्रसित नबनौं, महामारीको सामना गरेझैं यो विपतलाई पनि सामना गरौं, उपलब्ध साधन स्रोतको उपयोग गर्दै बाली जोगाऔं । ..गाउँले दर्पण अनलाईन 

Leave A Reply

Your email address will not be published.