Jilla Ban Notis

किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम सम्पन्न ।

0 58

टेक बहादुर
बर्दघाट,मंसीर–१२
सृजनशिल किशोरी समुह सरावल २ तिलौली नवलपरासीको आयोजना ,स्ट्रोम फाउण्डेशन नेपाल र एबिसि नेपालको सयुक्त सहयोगमा किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरु संग सवांद कार्यक्रम सम्पन्न् भएको छ । सृजनशिल किशोरी समुहकी अध्यक्ष श्रृष्टी चौधरीको अध्यक्षता र सरावल गाउपलिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले किशोरीहरुको समस्यालाई समाधान गर्न सरावल गाउपालिका हर बखत तयार रहेको बताउदै सरावल गाउपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी गराउनु भएको थियो । उहाँले किशारीहरुको समस्या बुझ्ने पहिलो अधिकार तिनका अभिभावकको रहेको हुदा यस प्रति अभिभावकले पनि चासो दिई किशोरीहरुको समस्या समाधानमा सहयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो ।् कार्यक्रममा सरावल गाऊपालिका वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरी , महिला वडा सदस्य तथा सरावल गाउ कार्यपालिका सदस्य छिमा देवी राय, वडा सदस्य बिजयसिँह गुप्ता, शिक्षिका सिता शर्मा, संवादसंग जोडिएर रहेका नर्वेका विदेशी महिलाको टोली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र राय लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.