Jilla Ban Notis

किशोरकिशोरी संजाल सरावलकाे अध्यक्षमा पुनः सन्दिप

0 46

नवलपरासी , ७ जेठ

किशोरकिशोरी संजाल सरावल गाउँपालिकाको अध्यक्ष पदमा पुनः सन्दिप बि.क चयन भएका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ स्थित पालिकाकाे सभा हलमा भएको किशोर किशोरी संजाल सरावलको प्रथम अधिवेशन तथा साधारणसभाको भेलाले पुन सन्दिप बि.क.लाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

भेलाले सम्पूर्ण पदमा सर्वसम्मत रूपमा चयन गरेको हो । जसको उपाध्यक्ष पदमा कल्पना हरिजन ,सचिवमा वास्तविक चाैधरी कोषाध्यक्षमा दिलमाया चाैधरी ,सहसचिवमा इस्राफित अलि रहेका छन भने सदस्यहरुमा मेन कुमारी चौधरी,सन्देश हरिजन,जनार्दन यादव ,माेबारक अन्सारी ,नागमति सहानी र सुनिल बि.क रहेका छन् ।

किशोरकिशोरी संजाल सरावलकाे अध्यक्ष सन्दिप बि.क काे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सरावल गाउँपालिका उपाध्यक्ष हरिजनले अहिलेको समाज परिवर्तन गर्न र बिकासका योजनाहरु सफल पार्न किशोर किशोरीहरुको अहम भुमिका रहेको र किशोर किशोरीको उमेर एकदमै सिकाइको अवस्थाको उमेर रहेकोले आफ्नो जिवनमा सकारात्मक सोचका सहित सकारात्मक बाटो तर्फ लाग्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य किसुन कहार , महिला बालबालिका शाखाका खेम नरायण खनाल ,गाेबरहिया प्रहरी चाैकी इन्चार्ज गाेकर्ण चाैहान ,एबिसि नेपालकाे नन्दकिशोर चाैधरी , सन्जित शर्मा, समाजसेवी जन्मेजय यादव, लुम्बिनी प्रदेश स्तरीय किशोर किशोरी सन्जाल सदस्य अारिफ अलि खान र पत्रकार उमेश बि.क ले याे रचनात्मक उमेरमा सकारात्मक बाटो लाग्न अनुरोध गर्दै लागू औषधमा फसेका युवा युवतीहरुलाई यस्ता कुलतबाट छुटकारा दिलाउन सरावलका किशोर किशोरी संजालले काम गर्दै आएको र बालविवाह न्यूनीकरण गर्नका लागि संजालले अहम् भुमिका खेल्नु पर्ने कुरामा जाेड दिनुभएको थियो ।

वास्तविक चाैधरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको किशोर किशोरी संजाल सरावलको प्रथम अधिवेशन तथा साधारणसभाको कार्यक्रम सन्चालन सुनिल बि.कले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.