Jilla Ban Notis

कालिका बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक सधारण सभा सम्पन्न

0 43
उमेश बि.क 
सरावल ,माघ ११
 नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ सरावलमा कालिका बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक सधारण सभा सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष सरस्वती चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा एवम वडा नं। ३ वडा अध्यक्ष अणेन्द्रनाथ रायको बिशिस्ट आतिथ्यतामा सधारण सभा सम्पन्न भएको हो।सधारण सभालाई सम्बोधन गर्दै सरावल गाउँपालिका प्रमुख चौधरीले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीमा चाहिने सहयोग र साथ रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।त्यस्तै वडा नं। ३ वडा अध्यक्ष रायले आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाको लागि आवश्यक छ। यसले महिला नेतृत्वमा ठुलो सहयोग गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियो।
 सहकारी संस्थाको प्रथम सधारण सभामा कार्यपालिका सदस्य चन्दा चौधरी ,स्वास्थ्यशाखा सहसंयोजक अशोक पाण्डे ,शिक्षाशाखाका इन्द्रकमल यादव,सहकारीकि सचिव बासमति चौधरी,सरिता जैसवाल ,समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं। ५ सचिव तथा पत्रकार उमेश बि।क लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए ।
 उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीकी व्यवस्थापक मनमाया चौधरीले प्रस्तुत गर्नुभएको थियो । २०७६ साउन २ गते स्थापना भएको सहकारीले ४ लाख ४५ हजार ६ सय ७२ रुपैयाँ  बराबरको आर्थिक कारोबार गरेको व्यवस्थापक चौधरीले जानकारी दिनुभएको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं। ३ का १६० जना महिलाहरु आबद्ध रहेका छन ।

Leave A Reply

Your email address will not be published.