Jilla Ban Notis

कामना सेवा विकास बैंक बर्दघाट शाखाद्धारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण ।

0 215

कृष्ण ढकाल
बर्दघाट,भदौं–२९

बाल बालिकासंग कामना भन्ने मुल नाराका साथ आज कामना सेवा विकास बैंक बर्दघाटले ५० जना बिद्यार्थीहरुलाई कपि र कलम वितरण गरेको छ ।

५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर आज बर्दघाट नगरपालिका वडा नम्वर १ पुर्नवासमा रहेको बाल्मिकी माबि मा अध्ययन गर्ने गरीव तथा विपन्न विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरीएको कामना सेवा विकास बैंक बर्दघाट शाखाका प्रबन्धक डिलुराम भट्टराईले बताउनु भएको छ ।

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ भन्ने मुल नाराका साथ यो बर्ष नेपालका विभिन्न स्थानहरुमा बाल दिव मनाई रहदा कामना सेवा विकास बैंक बर्दघाट शाखाले विद्यार्थीहरुको प्रोत्सानका लागि सहयोग पुग्ने विश्वासका साथ आफ्नो शाखाले सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बैंकका कर्मचारी र विद्यालयका प्र.अ. तारा बहादुर कुंवर लगाएतका शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.