Jilla Ban Notis

कानूनप्रतिको अनविज्ञता राष्ट्रका लागि क्षम्य नहुने प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीको भनाई ।

पहिलो कानूनी शिक्षा महोत्सव सम्पन्न

1 39

बुटवल, मङ्सिर २८

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कानूनप्रतिको अनविज्ञता राष्ट्रका लागि क्षम्य नहुनेमा जोड दिएका छन् । कानून भएर पनि राम्रोसँग पालना भएन भने राष्ट्रले समृद्धि हासिल गर्न नसक्ने बताउँदै घर्तीले हरेक नागरिकले कानूनी ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औल्याए । रुपन्देहीको बुटवल उप–महानगरपालिका–१० मा अवस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयले शनिबार आयोजना गरेको कानून शिक्षा महोत्सबको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

महोत्सवमा सहभागी विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै घर्तीले देशका सबैलाई कानूनी ज्ञान भएमा मात्र विधिको शासन स्थापित गर्न सकिने भएकोले कानूनी शिक्षामा सबैको पहुँच हुनेगरी विद्यालय र छुट्टै कानून विस्वविद्यालय संचालन गर्न सुझाव दिए । कुनै पनि विषय राम्रो वा नराम्रो नहुने बताउँदै उनले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्न विद्यार्थीहरुलाई आग्रह गरे । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले काकानून सम्बन्धी शिक्षा सबैलाई हुनुपर्ने बताउँदै विद्यार्थीलाई सचेतना जगाउन आग्रह गरिन् । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीतिलाई बदनाम गर्ने प्रवृत्तिमा वृद्धि भएको बताउँदै राजनीतिक आन्दोलन र समाज परिवर्तन मा खेलेको भूमिकालाई भुल्न नहुने बताए ।

प्रदेश सभा सदस्य कमला विश्वकर्माले निर्माण गरिएका कानूनहरुलाई अक्षरस पालना गर्न सके मात्रै असल र समृद्ध समाज निर्माण गर्न सकिने बताइन । उच्च अदालत तुल्सिपुर बुटवलका न्यायाधिश नवराज थपलियाले पद र प्रतिष्ठाका लागि कानून व्यवसायीहरू बीच अस्वस्थ प्रतिस्पर्धा बढेको प्रति चिन्ता व्यक्त गर्दै नयाँ आउने पिढिहरुलाई सचेत गराए । विद्यार्थीहरुलाई प्रथम स्थान हासिल गर्नेभन्दा उत्कृष्ट स्थान हासिल गर्ने तर्फ ध्यान दिन आग्रह गरे । लुम्विनी बौद्ध विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले कानून विषय अध्ययनका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था नरहने बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा कानूनका सह –प्राध्यापक शालिकराम बन्जाडे, प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन, उच्च सरकारी वकिल कार्यालयका कामु सहन्यायाधिवक्ता मोहन शरण बश्याल लगायतले नेपालमा कानून शिक्षाको औचित्य, अवसर र चुनौती बारेमा बोलेका थिए।

महोत्सवमा प्रदेश ३, प्रदेश ५ र कर्णाली प्रदेशका कानून अद्यापन गराउने १७ वटा विद्यालयमा कक्षा ११ र १२ र ४ वटा विस्वविद्यालयमा कानून विषयमा अध्ययन गरिरहेका ४ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कानून विद्यार्थी समाज कालिकाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । कानून शिक्षाको प्रवर्द्धनमा योगदान पुर्याउने विद्यालयका प्राचार्य घनश्याम पाठक, अध्यक्ष होमबहादुर गलामी, लुम्विनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा। तिलक आचार्य, प्रदेश ५ का कानूनी मसौदा समितीका सदस्य खुमकान्त पौडेल तथा दिलीप भट्टराईलाई सम्मानपत्र तथा खादाले सम्मान गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुले कानूनि सन्देशमुलक नाटक र अदालत अभ्यास ९मुटकोर्ट ० समेत प्रस्तुत गरेका थिए।

1 Comment
  1. Ram jiyavan yadav says

    I am Ram jiyavan yadav from butwal. Studying law at kalika campus

Leave A Reply

Your email address will not be published.