Jilla Ban Notis

कविता,गीत,मुक्तक र हाइकु लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न्

0 181

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२१
बर्दघाट प्रज्ञा प्रतिष्ठान भाषा तथा साहित्य बिभागको आयोजनामा आज कविता,गीत,मुक्तक र हाइकु लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ । प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

नगरक्षेत्रका साहित्यक्षेत्रमा चाँसो राख्ने ब्यक्तिहरु सहित बिधालयका शिक्षक तथा विधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा साहित्यकार रमेश समर्थकले कविता,गीत,मुक्तक र हाइकु लेखनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले यसप्रकारका तालीमहरुले नयाा स्रष्टा उत्पादनमा प्रोत्साहन हुनुका साथै भएका स्राष्टाहरुलाई माझिनमा सहयोग पुग्ने धारण राख्नु भएको थियो ।
परिषद सदस्य जिबनाथ पौडेलको स्वागत मन्तब्य र भाषा तथा साहित्य बिभाग संयोजक हुमनाथ आर्चायको संचालन रहेको कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले साहित्यिक रचनामा समाज परिवर्तनको ल्याकत रहने भएकाले रचनाकार भनेको समाज सुधार्ने एउटा माध्याम पनि रहेको धारणा राख्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय,शिक्षा युवा तथा खेलकुद् शाखा प्रमुख लोकराज पन्थी लगाएतको उपस्तिथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.