Jilla Ban Notis

कलाकार संघ नवलपरासीको अध्यक्षमा लोक मिजार

0 46

कृष्ण ढकाल
बर्दघाट,साउन–२१
कलाकार संघ नवलपरासीको प्रथम जिल्ला अधिवेसन आज सम्पन्न् भएको छ । जिल्ला अध्यक्ष लोक बहादुर मिजारको अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको हो ।

आज बर्दघाट शिवालय मन्दिरको सभाहलमा भएको जिल्ला अधिवेशनले पुनः लोक बहादुर मिजारको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति सर्बसम्मवत रुपमा निर्वाचीत गरेको छ ।

संघका उपाध्यक्ष राम नारायण श्रेष्ठको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले कला,साहित्य र संगीत आफैमा एउटा महत्वपूर्ण विद्या रहेको बताउदै स्थानिय तहमा रहेका प्रतिभाहरुलाई संरक्षण र प्रर्वधन गर्ने कार्यमा कलाकार संघ नवलपरासीको निक्कै महत्वपूण भूमिका रहने बताउनु भएको थियो ।

उहांले कलाकारहरुको हक र हितका लागि हिजोका दिनमा पनि सहयोग गर्दै आएको र आगामि दिनमा पनि आफुले आफ्नो क्षेत्रवाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो । प्रमुख अतिथि चौधरीले नवलपरासीमा रहेका सबै विद्याका नयां तथा पुराना कलाकारहरु अब गोलबन्ध भै अघि बढ्दा समग्र जिल्लाको कलाकारीताले फड्को मार्नेमा आफु विश्वश्त रहेको बताउनु थियो ।

तस्विर ः भुपेन चौधरी

कार्यक्रममा बर्दघाट नगरकार्यपालिका सदस्य प्रेम भुजेल,सल्लाहकार उत्तम ध्वज के.सी,लक्ष्मी बर्तौला,कुस्माकर ढकाल ,केदार नाथ पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

आज भएको कलाकार संघ नवलपरासीको प्रथम जिल्ला अधिवेसनमा निर्वाचन समितिका संयोजक उत्तम ध्वज के.सी तथा सदस्य कृष्ण ढकाल,लक्ष्मी बर्तौला र केदार पाण्डे रहनु भएको थियो ।

तस्विर ः भुपेन चौधरी

सर्बसम्वत निर्वाचीत पदाधिकारीहरु ः

अध्यक्ष ः लोक बहादुर मिजार
उपाध्यक्ष ः राम नारायण श्रेष्ठ
उपाध्यक्ष ः शंकर कुमार श्रेष्ठ
सचिव ः भुप नारायण चौधरी
सह–सचिव ः प्रहलाद चौधरी
कोषाध्यक्ष ः सिता देवि रेग्मी
सदस्य ः धिर बहादुर बि.क.
सदस्य ः सुभद्रा पाण्डे
सदस्य ः सम्झना महतो
सदस्य ः बिन्दु सिंह र
सदस्य ः उषा चौधरी

तस्विर ः भुपेन चौधरी

नव निर्वाचीत कलाकार संघ नवलपरासीको प्रथम जिल्ला अधिवेसनवाट निर्वाचीत भएसंगै आज नै बसेको जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले सल्लाहकारहरु समेत मनोनयन गरेको छ । मनोनित हुने सल्लाहकारहरुमा डा. धन श्याम न्यौपाने (परिश्रमी ), उत्तम ध्वज के.सी,लक्ष्मी बर्तौला,केदार पाण्डे र कुस्माकर ढकाल ( कृष्ण ) रहनु भएको छ ।

त्यसैगरी आज नै नवलपरासीका ५ वटा पालिकाहरुमा पालिका स्तरीय कलाकार संघ समेत गठन गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.