Jilla Ban Notis

करदातालाई सहजीकरण गर्न परासीमा उद्योग वाणिज्य संघको सेवा केन्द्र

0 24

परासी, २५ माघ

करदाता सेवा कार्यालय परासीका सेवाग्राहीलाई आवश्यक परामर्श तथा सहजता प्रदान गर्न भन्दै नवलपरासी उद्योग वाणिज्य संघले व्यवसायिक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । करदाता सेवा कार्यालयको छेउ दक्षिणतर्फ स्थापना गरिएको केन्द्रको आज एक कार्यक्रमका बीच करदाता सेवा कार्यालयका प्रमुख नरेश पन्थीले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि पन्थीले सेवा केन्द्रबाट व्यवसायिलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्न पनि आग्रह गर्नुभयो । कोरोनाबाट प्रभावित भई कर तिर्न, प्यान लिन नपाएका व्यवसायीलाई फागुन भित्र तिरेमा छुटको व्यवस्था रहेकोले सहजीकरण गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

उक्त अवसरमा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले करदाता सेवा कार्यालयमा आउने सेवाग्राहीलाई सहजीकरण गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । केन्द्रमार्फत अनलाईन व्यवसाय दर्ता,नविकरण, कर परामर्श, मूल्य अभिवृद्धि कर, डे १, डे २ खाता लगायत विषयमा सहजीकरण गरिने उहाँले बताउनुभयो । संघका अध्यक्ष भण्डारीको अध्यक्षता तथा करदाता सेवा कार्यालयका प्रमुख पन्थीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, महासचिव गिरीराज पाण्डे लगायतले बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.