Jilla Ban Notis

औद्योगिक मेलामा तीन हजार बढी दर्शक, राजनराज शिवाकोटीले नचाए छमछमी ।

0 48

मोहन पौडेल

परासी, ६ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालन भईरहेको नवलपरासी औद्योगिक व्यापार मेलाको आज चौँथो दिन तीन हजार बढी दर्शकले अवलोकन गरेका छन् । मंसिर ३ गतेदेखि शुरु भएको मेलामा आज सवैभन्दा बढी दर्शक आएका हुन् । मेलामा सर्वाधिक आकर्षणको रुपमा रहेको सांस्कृत्रिक कार्यक्रममा कलाकाहरुले दर्शकहरुलाई पर्याप्त मनोरञ्जन दिएका छन् । राष्ट्रिय ख्याति प्राप्त गायक तथा संगीतकार राजनराज शिवाकोटाका चर्चित गीतमा आज दर्शकहरु छमछमी नाचेका थिए । शिवाकोटीले आफ्नो चर्चित गीतहरु क्ुटुमा कुटु सुपारी दाना, सुर्खे थैली, गोजीमा दाम छैन्, सिओडब्लु काउ जस्ता बहुचर्चित गीतमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो । यसैगरी नेपाली तथा भोजपुरी गायिका साहिमा श्रेष्ठका चर्चित नेपाली तथा भोजपुरी गीतहरुमा दर्शकहरुले पनि साथ दिएका थिए भने बलराम सरकारले जादुबाट दर्शकलाई हसाएका थिए । यस्तै कर्णराज गिरी, मेलोडि गायक रमेश श्रेष्ठ लगायत स्थानीय कलाकाहरुको पनि बेजोड प्रस्तुति भएको थियो । मेलाको पाँचौ दिन भोली बहुचर्चित गायिका तथा मोडल ज्योति मगर, बलराम सरकार, भोजपुरी क्षेत्रका बादशाह सुनिल पण्डित, मेलोडि गायक रमेश श्रेष्ठ तथा हमार भोजपुरी फिल्मी दुनियाको पनि विशेष प्रस्तुति रहने सांस्कृत्रिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेला नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भईरहेको छ । मेलामा डेढसय बढी स्टल रहेका छन् भने पशुपति नाथ मन्द्यिर आकृतिको मूलगेट, रामग्राम स्तुपको आकृति, मायादेवी मन्दिरको आकृत्ति, जिल्ला विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, कृषि प्रदर्शनी, लघु उद्यमीका प्रदर्शनी, पाल्पाली ढाका तथा सुन्तला, भोजपुरे खुकुरी लगायतका स्टलहरुमा दर्शकको आकर्षण बढीरहेको मेलाका प्रवक्ता एवं संघका महासचिव गिरीराज पाण्डेले जानकारी दिनुभयो । मेलामा पृथ्वीचन्द अस्पताल र एभरग्रीन अस्पतालको स्वास्थ्यकर्मीको सहभागितामा स्वास्थ्य शिविर, समुदाय प्रहरी साझेदारी कार्यक्रमको स्टल पनि राखिएको छ । मेलामा दिनप्रतिदिन दर्शकहरुको सहभागिता बढ्दै गएपछि आयोजक उत्साहित भएको छ । नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा परिचित गराउँदै यहाँको कृषि, पर्यटन, उद्योग, व्यापार र सूचना प्रदर्शनी गरी ती क्षेत्रको प्रवद्र्धन गर्नु मेलाको मूख्य उद्देश्य रहेकोले मेलाको अवलोकनका लागि सवैलाई मेला संयोजक एवं उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले आह्वान गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.