Jilla Ban Notis

एस.ई.इ. परीक्षार्थीहरुका लागि ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरले निःशुल्क मास्कको व्यवस्था गर्ने ।

0 30

रामु भुसाल
बर्दघाट,चैत्र–५
पश्चिम नवलपरासीमा प्रवेशिका परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरुका लागि ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरले मास्कको व्यवस्था गर्ने  भएको छ । विश्वब्यापी रुपमा चर्चामा रहेको कोरोना भाईरस कोभिड १९ को त्रास फैलिरहेको अवस्थामा  परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको मञ्चले  जनाएको छ । मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदिका अनुसार युनाईटेड मिसन टु नेपाल – यु एम एन र  ईन्द्रेणी सामाजिक विकास मञ्च  पंचनगरको साझेदारीमा संचालित एकिकृत ग्रामिण समुदाय स्वस्थ्य परियोजना संचालनमा रहेका पाल्हिनन्दन गाउपालिकको  एक परिक्षा केन्द्र प्रतापपुर गाउपालिकाको ४ परिक्षा केन्द्र र बर्दघाट नगरपालिकाको राजामाहात्मा पुर्ण भद्र मा वि परिक्षा केन्द्र गरी ६ परिक्षा केन्द्रमा  केन्द्रलाई  कोरोनाको भय रहित परीक्षा बनाउने उद्देश्यले सो माक्स  उपलब्ध गराउन लागिएको बताउनु भयो । उक्त ६ परिक्षा केन्द्रका विद्यार्थी  र  अन्य सहभागी कर्मचारीहरुलाई  करीब दुई हजार एक सय  मास्क उपलब्ध गराईने बताउनु भयो । सो माक्स परिक्षा केन्द्रमा गई स्थानिय तहको समन्वमा वितरण गरीने सुवेदीले बताउनु भयो । उनीहरुका लागि परीक्षा केन्द्रमा नै मास्क उपलब्ध गराईने  सुवेदीले बताउनुभयो । त्यस्तै, चैत ६ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा पश्मि नवलपरासीमा २२ परिक्षाकेन्द्र निर्धारण गरिएको छ भने उतिकै सख्ंयामा केन्द्राध्यक्ष, २६ जना सहायक केन्द्राध्यक्ष, ३ सय ५ जना निरिक्षक सहित शसस्त्र र जनपद गरि ३ सय ७५ जना सुरक्षाकर्मी परिचालन गरिने र एक सय २२ कार्यालय सहयोगी समेत तोकिएको छ ।

           यस बर्षको एसईई परिक्षामा पश्मिच नवलपरासीबाट ५५ सामुदायिक विद्यालय र ५८ सस्थागत विद्यालय गरि जिल्लाका १ सय १३ विद्यालयहरुका ६ हजार ५१ जना नियमित र १ सय ६ जना एक्जाम्टेड परिक्षा दिने परिक्षार्थीहरु सहभाििग हुदैछन । जसमा ३ हजार ४ छात्र  ३ हजार ४७ छात्रा रहेका छन । केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रम पश्चिम नवलपरासीमा पनि सम्पन्न भई परिक्षाको सम्पुर्ण समाग्रीहरुलाई परिक्षा केन्द्रहरुमा पुर्याइसकिएको र परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला शिक्षा समन्वय समितिका र्ईकाई समयोजक डोलराज पाण्डेले सामुदायिक रेडियो दाउन्नेलाई जानकारी दिनुभएको छ । समयोजक पाण्डेले सो परिक्षा भयरहित वातावरणमा सम्पन्न गर्न प्रत्येक परिक्षा केन्द्रमा हेल्प डेस्क अर्थात स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताउदै निर्धक्क भई परिक्षामा सहभागि हुन सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो । यसैबीच, नवलपुर केन्द्रमा २५ परीक्षा केन्द्र कायम गरिएको छ । उत्तिनै संख्यामा केन्द्राध्यक्ष, ४४ जना सहायक केन्द्राध्यक्ष, ३३० जना परीक्षा सहायक, ६६ जना कार्यालय सहयोगी १३३ र सुरक्षाकर्मी २५० जना परिचालित गरिने भएको छ । नियमिततर्फका छ हजार ४ सय ६५ र एक्जाम्टेडतर्फका ११० गरी कुल छ हजार ५७५ जना परीक्षार्थी रहनेछन् । तीमध्ये छात्रा तीन हजार ३ सय ३६ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.