Jilla Ban Notis

एबिसि नेपालद्वारा सरावल र पाल्हिनन्दनलाई मास्क ,साबुन,सेनिटाइजर हस्तान्तरण

0 41

उमेश बि.क

नवलपरासी , ५ बैशाख

नवलपरासीकाे सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकालाई एबिसि नेपालद्वारा मास्क ,साबुन,सेनिटाइजर हस्तान्तरण गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्थानीय गाउँबासिलाई काेराेनाबाट बच्नकाे लागि अत्यआवश्यक मानिने मास्क ,साबुन,सेनिटाइजर हस्तान्तरण गरिएको एबिसि नेपालकि सहजकर्ता सायिदा नेसाले जानकारी दिनुभएको हाे।

एबिसि नेपाल तथा स्ट्राेम फाउन्डेसनकाे सहयाेगमा सरावल गाउँपालिकालाई मास्क १००० पिस , साबुन १००० पिस ,सेनिटाइजर ४० पिस तथा पाल्हिनन्दन गाउँपालिकालाई साबुन २००० पिस ,मास्क १४०० पिस र सेनिटाइजर ६० पिस उपलब्ध गराइएको हाे।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित संक्रमणलाई रोकथाम गर्न बिभिन्न अस्पतालमा खटिरहने स्वास्थ्यकर्मी तथा स्थानीय बासिहरुको स्वास्थ्य सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री बितरण गरिएको एबिसि नेपालकि सहजकर्ता सायिदा नेसाले बताउनु भएको हो ।

साे सामग्री लिदै सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले एबिसि नेपालले दुखत समयमा प्रदान गरेको सामग्री प्रति धन्यवाद ब्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा गाउँपालिका भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको सम्पूर्णलाई अाअाफ्नाे ठाउबाट सहयाेग गर्न अनुराेध गर्नुभएको हाे।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न बाहिर ननिस्केर सुरक्षित साथ घरभित्रै बस्न आग्रह गरे ।संक्रमित मुलुकबाट फर्किएका कुनै व्यक्तिहरु गाउँघरमा भेटिएमा तुरुन्त खबर गर्न समेत गाउँबासीलाई अपिल गर्नुभएको हाे ।

Leave A Reply

Your email address will not be published.