Jilla Ban Notis

एन.आई.सी.एसिया बैंक प्रदेश नं. ५द्धारा बर्दघाट नगरपालिकालाई १ लाख बरावरको जिन्सी सामान हस्त्रान्त्रण ।

0 44

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
विभिन्न संघ संस्था,विद्यालय एवं सामाजिक ब्यक्तित्वहरुले बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा रकम जम्मा गर्नेक्रम बढ्दै गएको छ । आज मात्र एन.आई.सी. एसिया बैंक प्रदेश नं. ५ को प्रदेश कार्यालयले बर्दघाट नगरपालिकालाई १ लाख बरावरको जिन्सी सामान हस्त्रान्त्रण गरेको छ । एन.आई.सी. एसिया बैंक प्रदेश नं. ५ को प्रदेश कार्यालय प्रमुख तिलक सुन्दर कार्कीले नगर प्रमुख धिरज शर्मा वस्याल र प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायलाई संयुक्त रुपमा हस्तान्त्रण गर्नु भएको थियो । वैंकले ४५ बोरा चामल ,२ सय किलो दाल,५५ लिटर तेल,२ सय के.जी. नुन र २ सय पिस सावुन गरी एक लाख वरावरको सहयोग गरेको भुमहि शाखाका प्रमुख तिलक खनालले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.