Jilla Ban Notis

एन आई सी एशिया बैंकद्वारा दश लाख दुर्घटना बीमा दावी रकम भुक्तानी

0 24

कृष्ण ढकाल
बर्दघाट,असोज–१३
एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत आज नवलपरासीको प्रतापपुरकी सुनिता देवि शर्मालाई दुर्घटना बीमा वापत रू.१० लाख भुक्तानी गरेको छ । सुनिता देवि शर्मालाई न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि वहाँकी श्रीमती सुनिता देवि शर्मालाई आज उक्त रकम भुक्तानी गरिएको हो ।

एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी गराउनु भएको छ । त्यसैगरी आज नै सुनवल–१ आवासमार्ग निवासी धन बहादुर सिरिस थापालाई पनि मेडिकल बीमावापत एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा रू.३८ हजार रकम भुक्तानी गरिएको बताईएको छ । थापाले पनि बैंकको सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोल्नुभएका कारण सो रकम हस्तान्त्रण गरीएको हो ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाताको ‘डायमण्ड’ श्रेणीका आफ्ना ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू प्रदान गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.