Jilla Ban Notis

एनवाईसी कप फर्साटिकरलाई

0 26

स्वस्तिक श्रेष्ठ
बुटवल,७ मंसिर
रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्सा्टिकर युवा क्लबले हात पारेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा डिएमसीलाई सडेन डेथमा पराजित गर्दै फर्सा्टिकर युवा क्लब बिजयी भएको हो । सडेन डेथमा फर्सा्टिकरका राजुसिटिको गोल नै निर्णायक भयो । डिएमसीका क्याप्टेन जीवन सुवेदीको प्रहार बाहिरिएको थियो । उपाधिसंग डिएमसीले नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता फर्सा्टिकर नगद ५० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रदिपनगरस्थित जनभावना माविको खेल मैदानमा भएको फाईनलमा निर्धा्रित समयमा दुबै टिमबाट गोल हुन सकेन ।
एक कार्यक्रमका बिच नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी, तिनपा वडा न ८ का वडा सदस्य मधुसुधन ज्ञवाली, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । कार्तिक २३ गतेबाट शुरु भएको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गरेको खेल संयोजक गोबिन्द अर्यालले बताए।

Leave A Reply

Your email address will not be published.