Jilla Ban Notis

एक दिवसिय विपद् ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 29

बर्दघाट,फागुन–१६
बर्दघाट नगरपालिका ११ नं.वडाकार्यालयको आयोजना र गाउँले दर्पण मिडिया प्रा.ली.को ब्यवस्थापनमा एक दिवसिय विपद् ब्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न् भएको छ । वडामा रहेका प्रकोप संभावित क्षेत्र र वडाका विभिन्न क्षेत्रका विभिन्न समुदाय तथा संघ संस्थाका ब्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कुनै पनि वेला हुन सक्ने प्राकृतिक तथा मानव सृजित प्रकोप ंएवं संभावित जोखीम न्यूनिकरण गर्नका लागि सचेतना प्रदान गर्ने उद्धेश्यले आयोजना गरीएको उक्त कार्यक्रममा प्रकोप ब्यवस्थापनका जानकार माधव शर्मा र पुष्कर काफ्लेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडाका ६२ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समुद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले नगरका हरेक स्थानमा हुने गरेका डुवान,कटान एवं पटानका समस्या देखि कुनै पनि प्राकृतिक प्रकोप तथा मानव सृजित प्रकोपहरुलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले वेलैमा सजगक्ता अफ्नाएको बताउनु भएको थियो । उहांले पहिले जस्तो कुनै पनि विपद्हरु नगरमा आउन नदिनका लागि बर्दघाट नगपालिकाले सचेतनाका कार्यक्रमहरु देखि कुला,घोला सफाई तथा मर्मत गर्ने कामहरु र डेंगु,कोरेनाभाईरस जस्ता रोगका वारेमा वेलैका सचेत गर्ने काम गरेकोे बताउनु भएको थियो । 

बर्दघाट नगरपालिका वडा नं.११का वडाध्यक्ष तिर्थराज फौजदारको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा भएको विपद् ब्यवस्थापन अभिमुखिकरण कार्यक्रममा वडा सदस्य यम कला भण्डारी,सहभागि जयनारायण चौधरी,पुजा भण्डारी लगाएतले आ–आफ्ना भनाई तथा अनुभवहरु राख्नु भएको थियो । बर्दघाट नगरपालिका ११ नं.वडाकार्यालयका सचिव लिल बहादुर चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन गाउँले दर्पण मिडिया प्रा.लि.का कार्यकारी निर्देशक कृष्ण ढकालले  गर्नु भएको थियो । कार्यक्रम बर्दघाट ११,मौराहमा सार्वजनिक सम्पदा संरक्षण तथा विकास संस्थाको सभाहलमा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.