Jilla Ban Notis

उवासंघ नवलपरासीद्वारा मजदुरलाई निःशुल्क माक्स वितरण ।

0 14

निशान परियार
सुनवल,चैत्र–२०
उद्योग वाणिज्य संघ नवलपरासीले सुनवल नगरपालिका भित्र रहेका दुईवटा उधोगमा कार्यरत मजदुरका परिवारहरुलाई लक्षित गरि निःशुल्क माक्स वितरण गरेको छ । संघले लक्ष्मी स्टील्स र पाल्पा सिमेन्ट सुनवल मा कार्यरत मजदुर र मजदुरका परिवारहरुलाई निःशुल्क माक्स वितरण गरेको संघका अध्यक्ष केशब भण्डारीले बताउनु भएको छ ।  त्यसैगरी संघले लक डाउन अवधिभर सस्तो सुलभ दरमा जिल्लाका विभिन्न स्थानमा खाद्यान्न बिक्री घुम्ती पसल कार्यको समेत सुरुवात गरेको छ भने स्थानीय सरकारको समन्वयमा अति विपन्न वर्गका परिवार लक्षित गर्दै निःशुल्क खाद्यान्न वितरण गर्ने योजना समेत रहेको संघका कार्यकारी सदस्य भोला पराजुलीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.