Jilla Ban Notis

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिद्धारा अनुगमन तथा ध्यानाकर्षण ।

0 175

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ–१३
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिले नगरको लागत अनुदानमा धानको बिउ वितरण गरेका सहकारीहरुको अनुगमन गर्नेर ध्यानाकर्षण गर्ने कार्य शुक्रवार सम्पन्न् गरेको छ । समितिका अध्यक्ष हुमानाथ आचार्यको नेतृत्वमा गएको अनुगमन टोलीले नगरका तिनवटा सहकारीहरुको अनुगमन गर्ने र ध्यानाकर्षण गर्ने कार्य सम्पन्न गरेको छ ।

२०८० जेष्ठ १ गते बर्दघाट नगरमा भएको निर्णय अनुसार नगरपालिकाको ५० प्रतिशत अनुदान लिने र किसानवाट ५० प्रतिशत नगद लिएर धानको बिउ विक्रिगर्ने समति गर्ने बर्दघाट नगरका तिन सहकारीहरुले सम्झौता विपरित कार्यगरेको जनगुनासो आएसंगै समितिले अनुगमन गर्ने र ध्यानाकर्षण गर्ने कार्य गरेको थियो ।

अनुगमनका क्रममा बर्दघाट–९ पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्धेश्यीय सहकारी संस्थामा नगरले तोकेको भन्दा फरक जातको धानको बिउ बितरण गरेको पाइएको थियो । त्यसैगरी अमृत एग्रोको औषधि छर्नुअघि छर्ने सुपर स्टीकर को ६ महिना मिति सकिएको बिक्रि वितरणका लागि राखिएको ५० एम एलका १ सय १२ पिस र १०० एम एलका ८७ पिस भेटिएसंगै त्यसलाई जफतगरी सम्वन्धित कम्पनिलाई फकाउर्न निर्देशन गरीएको थियो ।

त्यस्तै बर्दघाट –४ मा रहेको माकर बहुउद्धेश्यीय सहकारी संस्थाले पनि नगरले तोकेको भन्दा फरक जातको धानको बिउ विक्रि बितरण गरेको भेटिएको थियो। बर्दघाट नगरपालिकासंग सम्झौता गरेर धानको बिउ विक्रिवितरण गर्नेमा बर्दघाट–९ पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्धेश्यीय सहकारी संस्था, बर्दघाट –४ मा रहेको माकर बहुउद्धेश्यीय सहकारी संस्था र बर्दघाट–१३ मा रहेको साना किसान कृषि सहकारी संस्था रहेका छन् ।

यि तीन संस्थाले यसबर्ष बढीमा १४ लाख बरावरको नगरले तोकेका १० जातका मात्र धानको बिउ विक्रि गर्ने र अन्य जातको नगर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन । गरेमा नगरले प्रदान गर्ने पचास प्रतिशत अर्थात ७ लाख रुपैया अनुदान रकम नपाउनेगरी यहि जेष्ठ१ गते नगरपालिकामा भएको बैठकमा हस्ताक्षर गरेका छन् ।

बर्दघाट नगरले सिफारीस गरेका जातका जातहरु ः

१) सावा वान
२) बि.पि.टि.सावा
३) अल्ट्रा सम्पूर्ण सुपर
४) राम धान
५) राधा चार
६) सुख्खा
७) हर्दिनाथ
८) युएस
९) अन्न र
१०) डेल्ट्रा रानी

सम्झौता विपरित विक्रिभएको धानको जात ः

क) कावेरी सुप्रीम सोना
ख) चैतन्य सोना
ग) खुशी–२७
घ) पुनम र
ङ) सम्पूर्ण कावेरी

 

Leave A Reply

Your email address will not be published.