Jilla Ban Notis

उपभोक्ताहरु बजारमा बस्तु किनमेलगर्न जादा आफै सचेत हुनुपर्नेमा जोड ।

0 29

गौरीशंकर जयसवाल

परासी, १३ असार
उपभोक्ताहरु बजारमा बस्तु किनमेलगर्न जादा आफै सचेत हुनुपर्नेमा परासीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । उनीहरुले बजारमा किनमेल गर्न जांदा वस्तु तथा सेवाको गुणस्तर, उपभोग्य मिति, उत्पादन मिति हेरर किनमेल गर्न आम उपभोक्ताहरुलाई अग्रह गरेका थिए । आज परासीमा रामग्राम जेसीज परसाीले गरेको उपभोक्ता सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले उपभोक्ता ठगिनबाट जोगिन आफै सचेत हुनुपर्ने बताए । बजारमा किनमेल गर्न जांदा वस्तु तथा सेवाको गुणस्तर, उपभोग्य मिति, उत्पादन मिति, मूल्यसूचि, साईनबोर्ड लगायत बुझेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई ज्ञवालीले अग्रह गरेका थिए । कृत्रिम अभाव, महंगी वा आफूले खरिद गरेको वस्तु तथा सेवामा कुनै कैफियत भेटिएमा तत्काल प्रमाणसहित जिल्ला प्रशासन, प्रहरी, नजिकको स्थानीय तह वा उपभोक्ता हित संरक्षण मञ्चमा पनि उजुरी दिन सकिने बताउंदै ज्ञवालीले त्यसवापत उपभोक्ताले क्षतिपुर्ति पनि पाउने व्यवस्था रहेको जानकारी गराएका थिए ।

नेपाल बाल संगठनका जिल्ला सचिव बसन्त पराजुली स्थानिय तहहरुले प्रभावकारी बजार अनुगमन गर्न सम्बन्धित निकायसंग माग गरे । आम उपभोक्ताले जान्नुपर्ने कुरा, अधिकार तथा कर्तव्यको विषयमा जागरुक गराईएको जेसीजका अध्यक्ष सन्दीप अग्रहरीले बताए । रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्ष एवं नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभा ज्ञवाली र नेपाल बाल संगठनका जिल्ला सचिव बसन्त पराजुली को सहभागिता रहेको थियो । रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरीको सञ्चालन रहेको कार्यक्रममा संयोजक नन्दु यादवको स्वागत र तालिम निर्देशक अनिल उपाध्यायको आस्था पाठमा कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.