Jilla Ban Notis

उपभोक्ताको स्वास्थ्य प्रति सचेत बन्दै बर्दघाट खानेपानी ।

0 24

कृष्ण ढकाल
बर्दघाट,भाद्र–२
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो बर्दघाट सानाशहरी खानेपानी आयोजनाको जंगलमा रहेको पानीको मुहानमा आज सफाई गरेको छ । जंगलको मुहान क्षेत्रमा रहेको चिसापानीका दुवै मुहानहरुको आज संस्थाका प्राविधिक र कर्मचारी एवम मजदुरहरुको टिमले सफा गरेको संस्थाका ब्यवस्थापक विष्णु भुषालले जानकारी गराउनु भएको छ । गुणस्तरिय पानी वितरणका लागि मुहान देखि उपभोक्ताहरुको धारा सम्मको पानी सफाहुन जरुरी रहेकोले समय समयमा मुहान सफा गर्ने समय तालीका अनुसार आज चिसापानी क्षेत्रका १ र २ नं. मुहानलाई सफा गरीएको भुषालले जानकारी गराउनु भएको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी सुरक्षा योजनाको निति ,नियम,भावना र मर्म अनुसार रहेर नियमित तालीका बमोजिम खानेपानीका मुहानहरु सफा गर्ने देखि उपभोक्ताहरुलाई स्वास्थ्य तथा सरसफाईका वारेमा समेत सचेतना जागृत गर्ने कार्य गरदै आएको छ । अहिले पनि सोहि बमोजिम आफ्नो सेवाक्षेत्र भित्रका उपभोक्ताहरुलाई कोभिड १९ को ब्यवस्थापन र सरसफाईका वारेमा जानकारी दिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.