Jilla Ban Notis

उद्योग वाणिज्य संघ सुनवल उत्साहित,मेलाको चौथो दिन पनि दर्शकको घुइचो ।

0 27

रमेश भुसाल
सुनवल,मंसीर–८
पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशिक औधोगिक व्यापार मेलाको चौथो दिन पनि मेला अवलोकन गर्न आउनेहरुको संख्या उल्लेख्य नै रह्यो । अवलोकन गर्न आउनेहरुको वाक्लो संख्याले स्टलहरुमा भिडभाड वढेको थियो । चौथो दिनमा खास गरिकन वाल उद्यान , पिङ र विद्यार्थीहरुको विज्ञान प्रविधि प्रर्दशनीले समेत दर्शकहरुलाई आर्कषण गरेको अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बाताए । चौथो दिन आइतवार मात्रै ५ हजार भन्दा वढि टिकट विक्रि भएको टिकट व्यवस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए । त्यसै गरि मेलामा डाइनोसर पार्क र विभिन्न जातजातिका परम्परागत घरुमा पनि दर्शकहरुको अर्कषण रहेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए । त्यसै गरी प्रचार प्रसार समति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले दर्शकहरुको उत्साहजनक सहभागिताले आफुहरु थप उत्साहित भएको र विभिन्न जिल्लाबाट आउने व्यापारी हरु सन्तुष्टि र खुसी भएको बताए । मेलाको प्रवेश द्धारा देखि अन्तीम सम्मका सवै स्टलहरुमा दर्शकहरुको घुइचोले आफुहरु निकै उत्साहित भएको स्टल व्यावस्थापन समिति संयोजक तथा संघ का सचिव इश्वरी भण्डारीले बताए ।मेलामा दर्शकहरुको चाप र स्टलहरुमा रहेको सामाग्रीहरुलाई मध्यनजर गरेर सुरक्षालाई समेत निकै चुस्त गराईएको छ ।सुरक्षालाई मजवुद गराउनका निम्ती नेपाल प्रहरी र स्थानिय युवाक्लवहरुको व्यापाक परिचालन गरिएको छ भने सि. सि. टि. भि क्यामाराबाट समेत निगरानी गरिएको सुरक्षा व्यावस्थापन समिति संयोजक यज्ञ प्रसाद पौडेलले बताए । यस्तै मेलामा थप आर्कषणको रुपमा खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिताको आयोजना पनि गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख १० हजार रुपैँया, द्धितिय हुनेलाई ६० हजार रुपैँया र तृतिय हुनेलााई ३० हजार रुपौया प्रदान गरिने खेलकुद व्यवस्थापन समितिका संयोजक चुरामणी गैरेले बताए ।

आज चौथो दिन आधुनिक गायिका मेलिना राई र वसन्त एण्ड क्रुजको लाइभ वेण्डको प्रस्तुतीले मेलाको माहोल निकै रौनक वनेको थियो । त्यस्तै मेलाको पाचौं दिन पनि विभिन्न राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने भएको छ । पाचौं दिन सोमवार जनवादि गायक जिवन शर्मा, दोहोरीकि व्याटल गायिका प्रिति आले ,चर्चित गायक तथा मोडेल दुर्गेश थापाको वेजोड प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक रमेश पाराजुलीले बताए ।

Leave A Reply

Your email address will not be published.