Jilla Ban Notis

उद्घोषण तथा भाषण कला तालीम सम्पन्न् ।

0 204

सुनवल,चैत्र–११
महिला उद्यम केन्द्र सुनवल–१ को आयोजनामा संचालीत पाँचदिने उद्घोषण तथा भाषण कला तालीम सम्पन्न् भएको छ । सुनवल नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा संचालीत उक्त तलीममा १ नं. वडाका अगुवा महिलाहरुको सहभगिता रहेको थियो ।

चैत्र ७ गते देखि संचालीत उक्त तालीममा वडाका ६६ जना महिलाहरुले सहभागिता जनाएका थिए भने तालीमको सहजीकरण पत्रकार कुस्माकर ढकाल(कृष्ण)ले गर्नु भएको थियो ।

महिला उद्यम केन्द्र सुनवल–१ की अध्यक्ष्ँ सिता भट्टराईको अध्यक्षता र वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको संचालन केन्द्रकी सचिव सुसिला तिवारीले गर्नु भएको थियो भने कार्यक्रममा वडाका जनप्रतिनिधिहरु लगाएत अन्य ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्दै वडाध्यक्ष थापाले तालीम लिएर मात्र नहुने भन्दै तालीममा सिकेका कुराहरु ब्यवहारमा उर्तान सकेमात्र तालीमको उद्धेश्य पुराहुने बताउनु भएको थियो । त्यसैगरी तालीममा सहभागिहरुले समापन कार्यक्रममा बोल्दै आफुहरुले अहिले सम्म बिभिन्न पकारका तालीमहरु लिएको तर त्यसको सदुपयोग नभएको अनुभव सुनाउदै यस पटकको तालीम भने अहिले बाटनै ब्यवहारमा आउन शुरु भएको बताएका थिए । उनीहरुले बोल्ने कलाको विकास भएका आफ्नो ब्यापार ब्यवसायमा पनि सफलहुने संकेत पाएको अनुभव गर्दै तालीम आयोजना गरेकामा आयेजालाई धन्यवाद समेत प्रकट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.