Jilla Ban Notis

उखु किसानको समस्या प्रति  प्रतापुर गाउपालिकाको ध्यानाकर्षण  ।

0 22

कृष्ण ढकाल
सुस्ता,पौष–५
पश्चिम नवलपरासीको प्रतापुर गाउपालिकाले आफ्नो क्षेत्रका उखु किसानको समस्या प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बिगत तीन बर्ष देखि उखु किसानहरुले पाउनु पर्ने रकम हाल सम्म पनि नपाएको भन्दै गाउपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । शनिवार गाऊपालीका अध्यक्ष राजकुमार शर्माले पत्रकार सम्मेलनको आयोजनागरी किसानको वांकी वक्यौता रकम भुक्तानी गर्न सरकारले पहल गर्नु पर्ने धारणा राख्नु भएको थियो । जिल्लामा संचालित लुम्बिनी चिनी कारखानाले ११ करोड , बागमती चिनी मिलले ९ करोड र इन्दिरा चिनीमिलले १४ करोड गरी कुल ३४ करोड भुक्तानी उखु किसानलाई दिन बाकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । साथै गांऊपालिको लेटरप्याटमा अध्यक्षले जारीगरीएको बिज्ञप्तीमा बिगतका बर्षहरुको बाकी भुक्तानी अबिलम्ब किसानहरुलाइ उपलब्ध गराइ मिल संचालनको बाताबरण मिलाउन सम्बन्धित सम्पुर्ण सरोकारवाला संग प्रतापपुर गाउपालिकाले अनुरोध गरेको छ । भने किसान प्रतिनिधि मिल संचालक एवं स्थानीय प्रशासन बीच पटक पटक भएको सम्झौता कार्यान्वयन नभएको अवस्थामा स्थानीय किसानद्धारा गरिएको अवरोध तथा तालाबन्दी प्रति गाउपालिकाको एक्बद्धता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यता नवलपरासी उखु किसान संघका अध्यक्ष उमेश यादवले सरकारले निर्धारण गरेको उखुको मुल्य समयमा दिने र समयमा उखु खरीद गर्ने वातावरण भएमा उखु किसान समस्यामा नपर्ने धारणा सोही पत्रकार सम्मेलनमा राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.