Jilla Ban Notis

उखुको भुक्तानी दिने सहमति पछि आन्दोलन स्थगित

0 16
नन्दु यादव / सहबान अन्सारीर 
माघ १८
प्रतापपुर , नवलपरासी
पश्चिम नवलपरासी जिल्लाका किसानहरुले १४गते देखि चरणबद्ध आन्दोलन को घोषणा गरे पछि हिजो मिलमालिक,प्रशासन र किसान बिच भुक्तानी दिन सहमति पछि किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेको उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ। उखु उत्पादक कृषक समिति नवलपरासीले आज बेलाटारीमा पत्रकार सम्मेलन गरि आन्दोलन स्थगित बारे जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी मा भएको सर्वपक्षीय छलफलमा आज भुक्तानी तालिका प्रकाशन गरि अबिलम्ब भुक्तानी गर्ने प्रतिबद्धता सम्बन्धित पक्षबाट आएकोले सरोकारवाला सम्पूर्ण को आग्रहमा भोलि १९ गते का दिन पुर्व पश्चिम राजमार्ग मा प्रदर्शन सहित अबरुद्ध गर्ने कार्यक्रममा  स्थगित गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै लुम्बिनी चिनि मिल सुनवलको सम्पूर्ण भुक्तानी गराउन पहल गरि भुक्तानी ब्यवस्थापन गराउनका लागिमिल मिल सन्चालक  र लेखा प्रमुखलाई ठगि मुद्दा दर्ता गरि कार्वाही  प्रक्रिया  अगाडि बढाउन समेत जोडदार माग गरिएको छ ।कार्यक्रम मा बोल्दै देवकरण कलवार सन्तुले किसानको पैसा अब सरकारले तिर्नु पर्नेे बताएका छन । नवलपरासी मा ३ वटै मिल गरि २५ करोड रुपैया भुक्तानी बक्यौता रहेको छ।

उखु किसानहरुको बाकी भुक्तानी दुई महिना भित्र  


नवलपरासीमा उखु किसानहरुको बाकी भुक्तानी  २ महिना भित्र गर्ने  उधोग पति राकेश अग्रवाले लिखित प्रतिबद्धता गरेका छन्।    शुक्रवार  जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मारासिनीको रोहबरमा किसान प्रतिनिधि,  राजनितिक दल,उखु कृषक समिति संग  छलफल  गरिएको हो । बिगत ५ महिनादेखि  ईन्दिरा सुगर मिलमा किसानले ताला बन्दी गरेको हुदाँ   चिनी बिक्री गर्न नपाए पछि भुक्तानी गर्न कठिनाई भएको अग्रवालले बताए । छलफलको क्रममा  किसानहरुको बाकी रहेको भुक्तानी  शनिवार सुचना सार्वजनिक गरि बितरण गर्ने सहमति गरेका हुन । ईन्दिरा सुगर मिल द्वारा किसानहरुको करिब १० करोडको  बाकी  भुक्तानी गर्ने अग्रवालले लिखित प्रतिबद्धता गरेका हुन । 
         यस अघि पनि उखु किसानहरुको बाकी भुक्तानीको लागी पटक(पटक सहमति भएपनि मिल मालिकले बेवास्ता गर्दै आएको उखु कृषक समितिका प्रवक्ता धिरज त्रिपाठीले बताऊनु भयो । किसानहरुको बक्यौता रकम भुक्तानी नगराए सम्म कुनै कसर नछोडने  त्रिपाठीले बताए। चिनीमिलहरुले  ७४र ७५ क्रसिङ्ग सिजनमा क्रय गरेको उखुको मुल्य हाल सम्म  पुर्ण रुपमा भुक्तानी नगरेको हुदाँ  उखु किसानहरु अत्यन्तै पिडित भई अन्दोलन गर्न बाध्य भएका छन । साथै स्थानिय प्रशासन, चिनी मिल संचालक,किसान,कृषक प्रतिनिधि आ(आफ्नो तहबाट रचनात्मक समन्वय र सहकार्य गरी चिनी उधोग संचालनको सहज वातावरण सृजना गर्ने निर्णय गरिएको छ ।

Leave A Reply

Your email address will not be published.