Jilla Ban Notis

उखुको भुक्तानी गराउन समाजवादी पार्टी नवलपरासीको माग ।

0 20

परासी, १७ पुस

समाजवादी पार्टी नवलपरासीले अविलम्ब उखु कृषकको बाँकी रहेको रकम भुक्तानी गराउने व्यवस्था गर्न माग गरेको छ । पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाउँदै उखुको रकम भुक्तानी गर्न माग गरेको हो । नवलपरासीका उखु मिलहरुले किसानको लाखौँ रकम वर्षाैँदेखि भुक्तानी नगरेको पार्टीको आरोप छ । किसानको लामो समय देखिको भुक्तानी नभएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष यादवले बताए । कृषि प्रधान देश र नेकपा नेतृत्वको दुई तिहाई बहुमतको बलियो सरकार भएको बेला उखु किसानले दुःख पाउनु विडम्बना भएकोले तत्काल कृषकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराईको उक्त पार्टीले जनाएको छ ।  ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उखु कृषकको समस्या समाधान गर्न स्थानीय प्रशासनले प्रयास गरिरहेको तर यो समस्या केन्द्रीय तहबाटै समाधान गर्न आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.