Jilla Ban Notis

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा परिचयात्मक कार्यक्रम सम्पन्न ।

0 29

कृष्ण ढकाल
बर्दघाट,पौष–१८
ईलाका प्रहरी कार्यालय बर्दघाटमा आउनु भएका प्रहरी निरिक्षक कपिल वाग्लेले आज एक कार्यक्रमको आयोजना गरी नगरका राजनितिक दल,स्थानिय जनप्रतिनिधि एवं पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न् गर्नु भएको छ ।
प्रहरी निरिक्षक वाग्लेले सहभागिहरुसंग परिचय गर्नुका साथै नगरक्षेत्रको शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीले गर्नु पर्ने कार्य सम्वन्धि राय सुझाव समेत माग्नु भएको थियो ।
प्रहरी निरिक्षक हुम नाथ रेग्मी तालिममा सहभागी हुन भारत गएपछि उहांको स्थानमा आउनु भएका कपिल वाग्ले यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रहेको कार्यक्रममा जानकारी गराउनु भएको थियो। आयोगबाट काज सरुवा भई बर्दघाट आउनुभएका वाग्लेले ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यभार सम्हालेको अहिले ६ दिन भैसकेको छ ।

सुझाव संकलनका क्रममा नेपाली काँग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ,नेकपाका बर्दघाट नगर अध्यक्ष इन्द्र कुमार राना,क्रान्तिकारी माओवादीका रामचन्द्र पोखरेल,राप्रपाका प्रकाश रायमाझी,राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम राना रेडक्रस बर्दघाट सभापति नारायण अधिकारी लगाएतले आ–आफ्ना सुझावहरु राखेका थिए ।

Leave A Reply

Your email address will not be published.