Jilla Ban Notis

ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा नवलपरासी जिल्लाका सातवटै पालिकाको राहत कोषमा सहयोग ।

0 16

बर्दघाट,बैशाख–१६
कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट ९ पञ्चनगरले नवलपरासीका सबै पालिकाहरुमा रहेको राहत कोषमा सहयोग गरेको जनाएको छ । मंगलबार मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीको नेतृत्वमा मञ्चका कार्य समिति पदाधिकारी सहितको टोलीले सुनवल नगरपालिका र पाल्हिनन्दन गाऊपालिकामा पुगेर पालिका प्रमुखहरुलाई सहयोग रकम हस्तान्तरण गरेको थियोे ।
आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत जिल्लाका सात वटै पालिकाहरुले स्थापना गरेका विपत ब्यवस्थापन कोषमा राहत स्वरुप चेक हस्तान्तरण गरेको मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । सहयोग अन्र्तगत पाल्हीनन्दन गाउपालिकामा ३० हजार, प्रतापपुर गाउपालिकामा ३० हजार, बर्दघाट नगरपालिकामा २० हजार ५ सय, सुनवल नगरपालिका, रामग्राम नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकाको विपत ब्यवस्थापन कोषमा १५/ १५ हजार गरि कुल १ लाख ४० हजार ५ सय रुपैया हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.