Jilla Ban Notis

ईन्जिनियर बिक्रम पौडेललेअपांग तथा अनाथहरुलाई सहयोग गरे ।

0 27

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२१
प्रगतिशिल ईन्जिनेरिङ्ग एसोसिएसन नेपाल (पिन) का लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा संघ नेपालका जिल्ला सदस्य ईन्जिनियर बिक्रम पौडेलले आफ्नो जन्मदिनको अवसरमा आज अपांग तथा अनाथहरुलाई सहयोग गर्नु भएको छ । कावासोती–८ नवलपुरमा रहेको मौलाकालीका अपांग सेवामा रहेका अपांग तथा अनाथ बालबालिकाहरुलाई फलफुल,खाद्यान्न तथा पोशाकहरु दिएर ईन्जिनियर पौडेलले आफ्नो जन्मदिन मनाउनु भएको हो । त्यसैगरी उहांले आज नै सुनवल–१२ भुमहिमा रहेको बृद्धाश्रमका जेष्ठ नागरीकहरुलाई पनि सहयोग गर्नु भएको छ ।
जेनिथ बि.वि. ईन्जिनियरीङ्ग कन्सलटेन्सी ,बर्दघाटका संचालक समेत रहेका पौडेलले फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक कार्य गर्नु राम्रो भन्ने हेतुले आफुले अपांग तथा अनाथहरुलाई साहयोग गरी आफ्नो जन्मदिन मनाएको बताउनु भयो ।

यसअधिका वर्षहरुमा पनि आफ्नो जन्मदिनमा छोराले मानव सेवा आश्रम लगाएतका स्थानमा भोजन खुवाउदै आफ्नो जन्मदिन मनाएको ईन्जिनियर बिक्रम पौडेलकी आमा तथा बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलले बताउनु भएको छ । उहांले छोराको जन्मदिनको अवसरमा छोराप्रति सदभाब ,माया,स्नेह र कामना प्रकट गर्नुहुने सम्पुर्ण प्रति पौडेल परिवारले कृतज्ञता ज्ञापन गरेको समेत बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नंम्वर १२ निवासी ईन्जिनियर बिक्रम पौडेलले इन्जिनियरहरुमा ब्यवहारिक ज्ञान् र जनता तथा जनप्रतिनिधीमा प्राबिधिक बुझाईको कमी भएजस्तै समाजमा अपांग तथा अनाथहरुलाई सहयोग गर्नु पर्छ भन्ने सोंचको पनि कमी रहेको बताउनु भएको छ ।

गतवर्ष पनि यसरी बनाएका थिए जन्मदिन

Leave A Reply

Your email address will not be published.