Jilla Ban Notis

आ. व.२०७७/०७८ का लागि बर्दघाट नगरपालिकले ९६ करोड ८६ लाख १ हजार ५ सय ७० बराबरको बजेट ल्यायो ।

0 19

कृष्ण ढकाल
बर्दघाट,असार–२१
बर्दघाट नगरपालिकाको छैठौं नगर सभाको दोस्रो बैठक आज सम्पन्न् भएको छ । आज भएको छैठौं नगर सभाको दोस्रो बैठकमा नगर उप–प्रमुख माया देवि पौडेलले बर्दघाट नगरपालिकाको आ. व.२०७७/०७८ का लागि ९६ करोड ८६ लाख १ हजार ५ सय ७० बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । जस्मध्ये चालु खर्च तर्फ ४७ करोड ४३ लाख ११ हजार ५ सय ७० रुपैया र पुंजिगत तर्फ ४९ करोड ४२ लाख ९० हजार रुपैया बराबरको विनियोजीत बजेट वक्तब्य रहेको थियो । नगर प्रमुख धिरज शर्मा वस्यालको सभाध्यक्षमा भएको उक्त नगर सभामा प्रस्तुत् गरीको बजेट वक्तब्यमा अहिले आ.व २०७६/०७७ को बजेट मध्ये २८ करोड,३ लाख ७४ हजार ९५ रुपैया खर्च भएको जानकारी गराईएको थियो ।
त्यसैगरी खानेपानी तथा सरसफाईमा ५० लाख ६९ हजार,सिंचाईमा ५२ लाख ३६ हजार,शिक्षा क्षेत्रमा २१ करोड ४९ लाख १० हजार, स्वास्थ्य तथा पोषणमा ८ करोड ५१ लख २ हजार,कृषि र पशुविकास तथा प्रवद्र्धनका लागि ५ करोड ६१ लख ५० हजार,कृषि उपज संकलन तथा बजार पुर्वाधार निर्माणका लागि ८० लाख,नगरको पर्यटन विकास का लागि १ करोड ५६ लाख , विद्युत तथा वैकल्पीक उर्जाका लागि १ करोड ३१ लाख,लैङ्गिक समानता तथा सामाजीक समावेशिकरणमा २४ लाख,खरको छानो विस्थापन गर्नका लागि ५० लाख,सडक विकास, विस्तार रस्तरोन्नतीका लागि लागि २२ करोड ७ लाख ६९ हजार,कोभिड ब्यबस्थापन कोषमा १ करोड ५० लाख बजेट विनियोजन गरीएको छ ।
त्यसैगरी कोभिड १९ का कारण प्रभावित भई समयमा सम्पन्न हुन नसकेका नगरका गौरवका रुपमा रहेका ठुला अधुरा कार्यक्रम तथा योजना सम्पन्न गर्नका लागि १० करोड विनियोजन गरीएको जानकारी गराईएको थियो । आज भएको छैठौं नगर सभाको दोस्रो बैठकले आ.व. २०७७/०७८ को निति तथा कार्यक्रम स्विकृत गर्नुका सार्थै विनियोजन विधेक समेत पारित गरेको छ ।

बर्दघाट नगरपालिकाको छैठौं नगर सभा गत असार १० गते वाट शुरु भएको थियो । उक्त दिन निति तथा कार्यक्रममात्र प्रस्तुत गरेको थियो भने आज आर्थिक बर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गरीएकोे हो ।

Leave A Reply

Your email address will not be published.