Jilla Ban Notis

आसिना पानीले पाल्हिनन्दनमा मात्र करिव ९० लाखको तरकारीबाली क्षेति ।

0 35

गौरीशंकर जयसवाल
परासी,बैशाख–१३

पश्चिम नवलपरासीमा गतराती आएको आसिना पानीले तरकारीबालीमा ठुलो क्षति पुयाएको छ । नवलपरासी जिल्लाको सबै भन्दा बढी पाल्हीन्दन गाउँपालिकामा आसिना पानीले तरकारीबालीमा ठूलो क्षति पुयाएको त्यहांका स्थानिय किसानहरुले बताएका छन् । पाल्हीन्दन गाउँपालिकाले आफ्नोे पालिकाको कृषीको लागि वडानं ५लाई पकेट क्षेत्र भनेको गेरमीमा एक सय बिगाहमा लागाईएको तरकारीबाली पूर्ण रुपमा क्षति भएको पाल्हीन्दन गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिनुभएको छ ।उहांका अनुसार पाल्हीन्दन गाउँपालिकाको वडानं १,मा ६ बिगाहमा लागाईएको काक्रा, टमाटर भिन्डी,मकै बन्दागोभी, प्याज, घिरौंलो ,बोडी लगायतका तरकारीबाली आसिना पानीले क्षति पुगेको छ । तयसैगरी वडा नं. ३ ४,र २ मा लागाईएको १० बिगाहमा पनि तरकारीबालीमा पुर्णरुपमा आसिना पानीले क्षेती पुयाएको बताईएको छ । अहिले सम्म यस वर्ष केहि दिनयताको हावा असिना र पानीले पालिनन्दन गाउँपालिकमा मात्र करिब ९० लाखको तरकारीबाली क्षति भएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक )ले गाउंले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । सिर्जन अनुसार किसानहरुले लगाएको तरकारीबालीमा आसिना पानीले क्षति पुयाएपछि त्यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन ।
पाल्हीन्दन गाउँपालिका वडानं १ किसान भागिरथी केवटले १० बर्ष देखी १० कठ्ठमा तरकारी खेती गरिदै आएका केवाटले यसपालि आसिना पानीले तरकारी खेतीमा क्षति पुयाएपछि आफ्नो परिवार पाल्न धधौ पुग्ने भएको बताएका छन् । उनले भने आसिना पानीले करिब ८० हजार बराबरको नोक्सान भएको भन्दै किसानहरुलाई सरकार र गाउँपालिकासंग राहत उपल्ब्ध गराउन समेत माग गरेका छन ।
यता पाल्हीन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले आसिना पानीबाट तरकारीबालीमा भएको क्षति कावारेमा आफुले पनि निरिक्षण गरेको र अब पालिकाको सबैक्षेत्रमा कृषिको बिशेषज्ञ टोली सहित को अनुगमन गरी उचीत ब्यवस्था मिलाउने बताउनु भएको छ । अनुगमनको क्रममा आसिना पानीबाट तरकारीबालीमा क्षति पुगेको किसनाहरुको ताथ्यक संकलन गरेर केन्द्र सरकार र प्रदेश सरकारसंग किसानहरुको लागि राहतको लागि पहल गर्ने अध्यक्ष गुप्ताले प्रतिवघता समेत जाहेर गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.