Jilla Ban Notis

आवश्यकता अनुसार प्रदेश ५ मा आईसोलेशन अस्पतालहरु विस्तार गर्ने योजना ः मन्त्री वराल

0 15

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२६
प्रदेश नं. ५ को सामाजिक विकास समितिको बैठकमा कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको लागि भएको गतिविधिका विषयमा
आज गहन छलफल भएको छ । सोक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा अहिले सम्म भएगरेका सरकारका प्रयारहरुवारेमा जानकारी गराउनु
भएको थियो । त्यसैगरी उहांले सिमा क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरिएको, त्यसमा गाउंपालिका र स्थानीयवासीको सहयोग रहेको जानकारी गराउनु भयो । सिमा क्षेत्रमा क्वारेन्टाईनको संख्या बढाउन, क्वारेन्टाईनमा रहेकाहरुको आरडिटि परिक्षणलाई तिव्रता दिन, लुकिछिपि भारतवाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्न स्थानीय तहहरुसंग समन्वय भईरहेको समेत जानकारी दिनु गराउनु भयो । मन्त्री बरालले आवश्यकता अनुसार आईसोलेशन अस्पतालहरु विस्तार गर्ने योजना समेत रहेको सामाजिक विकास समितिको बैठकमा जानकारी गराउनु भएको सामाजिक विकास मन्त्रालयमार्फ जानकारी गराईएको छ ।

Leave A Reply

Your email address will not be published.