Jilla Ban Notis

आर्थिक बर्ष ०७७/०७८ को लागि सुस्ताले गर्यो सुझाव संकलन ।

0 19

श्याम थापा

सुस्ता,जेष्ठ–२९

आर्थिक बर्ष ०७७/०७८ को योजना तर्जुमाका लागी पश्चिम नवलपरासीको सुस्ता गाउ“पालिकाले विभिन्न राजनीतिक दल र संघ–संस्थाका प्रतिनिधिहरुको सहभागितामा सुझाव संकलन कार्यक्रम सम्पन्न् गरेको छ । गाउ“पालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा भएको सुझाव संकलन कार्यक्रममा सहभागीहरुले विभिन्न प्रकारका राय सुझाव दिएका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि ,पशु, खानेपानी, भौतिक विकास, महिला हिंसा , बालबालिकाको अधिकार, युवा सशक्तीकरण जस्ता कार्यक्रममा बजेट बिनियोजित गरी योजना निर्माण गर्नु पर्ने राय सुझाव सहभागिहरुले दिएका थिए।
सुझावका क्रममा कृषि तर्फबाट पालिकाले किसानको हकहितमा मलखाद, बिउबिजन, सिचाइ, मेसिनरी सामग्रीको उपलब्धतामा र किसानले उत्पादन गरेका सामग्रीहरुको बजार ब्यवस्थापन लगायतमा योजना बनायनका लागि गाउंपालिकालाई सुझाव दिएका थिए । त्यसैगरी पशु तर्फ आधुनिक बिज खरिद गरी किसानहरुलाई अनुदान दिनुपर्ने, सार्वजनिक जग्गाको सदुपयोग गरी माछा पोखरी तयार गरी समुहगत रूपमा माछा पालन कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका थिए भने शिक्षा तर्फ विद्यालयको भौतिक संरचना लगायत गुणस्तरीय शिक्षाका लागी लगानि गर्नुपर्ने, महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रम संचालन गर्नु पर्ने, केरा खेती पकेट क्षेत्र निर्माण गर्नु पर्ने, कृषि बालीको बिमा कार्यक्रम ल्याउनु पर्ने लगाएतका सुझाव दिईएको थियो ।
सुझाव संकलन कार्यक्रममा सहभागिहरुले स्वास्थ्य तर्फ पालिका स्तरीय एक अस्पताल बनाउनु पर्ने, प्रत्येक घरधुरीमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम लागू गर्नु पर्ने जस्ता कार्यक्रमहरु अगामी आर्थिक बर्ष ०७७/०७८ को योजनामा समावेश हुनुपर्ने राय सुझाव दिएका छन् ।
राय सुझाव दिनेहरुमा नेकपा गाउ“कमिटी सुस्ताका इन्चार्ज अमृत खडका, नेपाली काङ्ग्रेस पार्टी नवलपरासीका जिल्ला सदस्य प्रकाश कुमार न्यौपाने, केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु प्रसाद यादव, नेकपा गाउ“कमिटी सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक, महेन्द्र माध्यमिक विद्यालय कुडियाका प्र अ भुपनारायण चौधरी, स्वतन्त्र समुहका प्रतिनिधि माहातम बिन, महिला संजालका प्रतिनिधि पम्फा आर्याल, लायन्स क्लब सुस्ताका अध्यक्ष डिल्लीराम काफ्ले, नेकपा जिल्ला कमिटी नवलपरासीका सचिवालय सदस्य एवं वरिष्ठ समाजसेवी टेक नारायण उपाध्याय लगायत रहनु भएको थियो ।
कार्यक्रममा सुझाव आएसंगै गाउंपालिका अध्यक्ष पाण्डेले सम्पूर्ण सहभागीबाट आएका राय सुझावहरुको पालना गरि अगामी आर्थिक बर्ष ०७७÷०७८ को लागी योजना बनाउने कार्यमा आफुहरुले कुनै पनि कनजुसाई नगर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.