Jilla Ban Notis

आप्रवासी परिवार हकहित मञ्च नवलपरासीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न ।

0 16

बर्दघाट,फगुन–१३
आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको दोस्रो बार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष बल बहादुर थापाको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथयता म्ँँ सम्पन्न भएको ह्ँे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्या र चुनौती अझै पनि रही रहेको हुदा सबै नागरिकलाई सचेत र सिप युक्त बनाउन सकेमा बैदेशिक रोजगार फलदायी हुने र त्यसका लागी बैदेशिक रोजगारबाट फर्केका कामदारको महत्वपुर्ण भुुमिका हुने बताउनुभयो । उहाँले सो का लागी नगरपालिका सदैव मञ्च संग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यसैगरी वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्यले आफु पनि बैदेशिक रोजगारका क्रममा रहदाको अनुभव सुनाउदै युवाहरुलाई स्वदेशमै टिक्न सक्ने वातावणको सृजना गर्न राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने जरुरी रहेको बताउनुभयो ।
ईन्द्रेणी समाजिक विकास मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदीले ईन्द्रेणीले पनि सरकारको सहकार्यमा बैदेशिक रोजगार सम्बन्धी काम गरिरहेको र बैदेशिक रोजगारको सवाललाई सोही क्षेत्रबाट फर्केका ब्यक्तिहरुले भोगेको हुदा सो मु्ददा आप्रवासी परिवार हकहित मञ्चले उठान गर्नुपर्ने र सो का लागी मञ्च सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा गैर सरकारी सस्था महासंघका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष वालिन्द्र विक्रम हमाल, रिर्टनी माईग्रेन्ट नेपालका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद भुषाल, नेपाल ब्युटिसिएन संघकी जिल्ला अध्यक्ष मञ्जु खत्री, दर्शन सहकारी सस्थाका अध्यक्ष एवं दर्शन ठकुरी समाजका सल्लाहकार सिद्धि विलास हमाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा मञ्चको बार्षिक प्रगति प्रतिबेदन एवं आगामी कार्य योजनाको बारेमा अध्यक्ष थापाले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने मञ्चको आय ब्यय विवरण कोषाध्यक्ष समित्रा चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मञ्चले सञ्चालन गरेको बिभिन्न अभियानमा सहयोग गर्नु हुने लाई प्रशंशा पत्रले सम्मान गरिएको थियो भने बैदेशिक रोजगारीकै कारण समस्या परेका प्रभावित बालबालिकाको सहयोगार्थ रु १ लाख ११ हजार १ सय ११ श्रपिया बराबरको अक्षय कोष समेत स्थापना गर्ने घोषणा गरिएको छ । सो का लागी ईन्द्रेणी समायिजक विकास मञ्च १० हजार, दर्शन सहकारीले ६ हजार ६ सिय ३०, नेपाल ब्युटिसिएनकी अध्यक्ष मञ्जु खत्रीद्धारा ५ हजार र १ रुपयिा अभियानबाट ३ हजार सहयोग समेत प्राप्त भएको थियो ।
मञ्चका उपाध्यक्ष सन्तोष कुामर दुबेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन मञ्चका सचिव रामु भुषालले गर्नुभएको थियो ।

साधारण सभाले मञ्चमा रिक्त रहेको पद पुर्ती गर्दै सुस्ता गाउपालिकाबाट यादव नाथ भारति, सरावल गाउपालिकाबाट गोपिचन्द हरिजन र सुनवल नगरपालिकाबाट सुनिता पौडेल लाई सर्व सम्मत चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.