Jilla Ban Notis

आन्दोलनका क्रममा गोली चल्यो ,सुर्खेतकमा कफ्यु आदेश जारी

0 13
वीरेन्द्रनगर,माघ–१४
वीरेन्द्रनगर मा सुर्खेतमा टिप्परले किच्दा एक जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ । कालिकोट महावै गाऊपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले स्थानीय अस्पतालमा भइरहेको छ । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।
सुर्खेतमा टिप्पर ठक्करबाट सिंहको मृत्यु भएपछि चालकलाई कारवाही र पीडित क्षतिपुर्तिको माग राख्दै भएको आन्दोलन चर्को रुपमा लिएको हो । आन्दोलनकारीले जिल्ला उद्योग बाणिज्य संघको कार्यालय, एरिचोक र वीरेन्द्रचोकमा रहेको प्रहरी बिट अन्य ठाउँमा सरकारी धनमालको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कफ्यु आदेश जारी

      कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले मृत्यु भएपछि आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कफुयु आदेश जारी गरेको छ । मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ६ः०० बजेसम्मका लागि कफ्यु आदेश जारी गरेको हो ।  सुर्खेतको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको दक्षिण क्षेत्रको पाँच मिटर भित्र कफ्र्यु आदेश जारी गरिएको छ ।

युवतीले गरिन् आत्महत्या

     केशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

Leave A Reply

Your email address will not be published.