Jilla Ban Notis

आधारभुत स्वास्थ्य सेवा केन्द्र, सूर्यपुराद्धारा निःशुल्क औषधी वितरण ।

0 141

जिवन न्यौपाने
बर्दघाट,मंसीर–१८

बर्दघाट नगरपालिका वडा नम्वर ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र, सूर्यपुराले आफ्नो वडाका जेष्ठ नगरीक र गर्भवती महिलाहरुका लागि औषधी वितरण गरेको छ ।

सेवाकेन्द्रको वार्षीक कार्ययोजना अनुसार जेष्ठ नागरीकहरुलाई सम्मान स्वरुप उनीहरुले नियमीत खाने औषधी आज एक कार्यक्रमका विच निःशुल्क वितरण गरेको हो । त्यसैगरी वडा भित्रका गर्भवती महिलाहरुलाई क्यालसियम चक्की पनि वितरण गरेको छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रका ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्वर ८ का वडाध्यक्ष कविराज आर्चायको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै उप–प्रमुख उपाध्यायले बर्दघाट नगरपालिकाले नगरको स्वास्थ्य ,शिक्षा र कृषि लगाएतका बिषयलाई विशेष ध्यानमा राखेर आफ्ना योजनाहरु अघिबढाएको बताउनु भएको थियो । त्यसैगरी नगरका सबै महिलाहरुले स्वास्थ्य संस्थामा गएर आफ्नो संतानको जन्म गराउने कार्यमा सबै सचेत रहन पनि आग्रह गर्नु भएको थियो ।

गर्भवती महिलालाई क्यालसियम चक्की वितरण गर्दै नगर उप–प्रमुख

आधारभुत स्वास्थ्य सेवा केन्द्रका ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्वर ८ का वडाध्यक्ष कविराज आर्चायले नगरको ग्रामिण क्षेत्रका रुपमा रहेको सूर्यपुरामा डेन्टल अस्पताल संचालन गर्ने योजना आफुले लिएको बताउदै त्यसका लागि सम्वन्धित निकायहरुसंग पहल भैरहेको जानकारी गराउनु भएको थियो । त्यस्तै वडाध्यक्ष आर्चायले गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य चेकचाँज गर्न अनुरोध गर्दै त्यसका लागि वडाले के सहयोग गर्नु पर्ने हो वडा र आफु स्वयम तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

कार्यक्रममा सुगर,प्रेसर,दम का जेष्ठनागरीकहरु जो नियमित औषधी लिईरहने २२ जना र ८ जना गर्भवती महिलाहरुका लागि क्यालसियम चक्की आज निःशुल्क वितरण गरीएको हो । यस बर्ष ४० जना जेष्ठ नागरीक र २८ जना गर्भवती महिलाहरुका लागि निःशुल्क औषधी वितरण गर्ने सवा केन्द्रको लक्ष्य रहेको छ ।

कार्यक्रममा बर्दघाट नगर कार्यपालिका सदस्य जानकी न्यौपाने,वडा नं. ८ सदस्यद्धय टिका माया परियार,किश्वर थापा ,बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,स्वास्थ्य अधिकृत,कृष्णहरि पौडेल, लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन आधारभुत स्वास्थ्य सेवा केन्द, प्रमुख ज्ञान प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.