Jilla Ban Notis

आठवटा ट्रकहरु नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाईयो ।

0 25

कृष्ण ढकाल
बर्दघाट,बैशाख–११
बर्दघाट नगरपालिका वडा नं. १२ र १३ का युवाहरुले लक डाउनको उल्लघन गरेको भन्दै ८ वटा ट्रकलाई आफ्नो नियन्त्रण्मा लिएर प्रहरीको जिम्मा लगाएतका छन् । उनीहरुले बुधवार दिउंसो घोराहीवाट कोईला लिएर बर्दघाट –१२मा रहेको चाईनिज ईट्टा उद्योगमा आएका ८ वटा ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिईएर प्रहरीको जिम्मा लगाएका हुन । ट्रकहरुले कोईला ईट्टा उद्योगमा खसालेर फर्केनेक्रममा लक डाउनको पास माग्दा नभएपछि लक डाउन उल्ङ्घन गरेको भन्दै ति ट्रकहरुलाई नियन्त्रणमा लिईएर प्रहरीको जिम्मा लगाईएको स्थानीय युवाहरुले बताएका छन् । अहिले ती ट्रक मध्ये २ वटा सेमरी प्रहरी चौकीमा र ६ वटा ट्रक बर्दघाट प्रहरी चौकीमा रहेका छन् ।  यता आज यसै विषयमा बर्दघाट नगरपालिका वडा नं. १२ र १३ का वडाअध्यक्ष,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष र बर्दघाट नगरपालिका वडा नं. १२ र १३ का युवाहरु समेतको सहभागितामा प्रहरी कार्यालयमा भएको छलफलले लक डाउन पछि ति ट्रकहरुलाई छोड्ने सहमति भएको छ ।
यस अघिपनि बर्दघाट नगरपालिका वडा नं. १२ र १३ का युवाहरुले लक डाउनलाई प्रभावकारी बनाउने क्रममा अवैधरुपमा भारत तर्फ लैजादै गरेको मदिरा (सोफी) र अवैध सुर्ती,खुसार्नी लगाएतका सामाग्रीहरु र पानीतान्ने मोटर चोरी गर्ने ब्यक्तिलाई नियन्त्रणमा ल्याएर प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले भने उनीहरुलाई कार्वाहि गर्ने कार्यमा कन्जुसाई गरी त्यसै छोडीदिएको वडा नं. १२ र १३ का युवाहरुको गुनासो रहेको छ ।

Leave A Reply

Your email address will not be published.