Jilla Ban Notis

आज मात्र २५ बढी नेपाली महेसपुर हुदै नेपाल भित्रिए,उनीहरुको ब्यवस्थापन गर्दैमा ब्यस्त पाल्हिनन्दन गाउपालिका

0 38

फूलकुमारी ढकाल
बर्दघाट,जेष्ठ–७
नवलपरासीको पाल्हिनन्दन गाउ“पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले महेशपुर सिमामा अलपत्र परेका नेपालीहरुलाई आज नेपाल ल्याउन सहयोग गर्नु भएको छ । भारतको विभिन्न ठाउ“बाट (ठुठिबारी)हु“दै नेपाल प्रवेश गर्न लागेका नेपालीहरुलाई स्थानिय प्रहरी प्रसासन,स्वास्थ्यकर्मीहरुको सहयोगमा पाल्हिनन्दन क्वारेन्टाईनमा ल्याएर तिनिहरुको ब्यवस्थापन गरेको बताउनु भएको छ । यसरी नेपाल प्रवेश गराईएका २५ जना नेपालीहरु मध्ये रोल्पाका ३ जना,अछामका ३ जना,कैलालीका १ जान,सुर्खेतका २ जना र बाजुराका १ जना रहेका छन् । त्यसैगरी लम्जुङ्गका ५ जना,ईलामका १ जना,दोलखाका १ जना,कालिकोटका २ जना,सुनवलका १ जना,सुस्ताका १ जना र रामगौमका २ जना रहेको पाल्हिनन्दन गाउ“पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बताउनु भएको छ । यिमध्ये केहिलाई सम्वन्धित पालिकासंग कोडीनेसन गरेर पठाईसकिएको र अरुलाई पाल्हिनन्दन गाउ“पालिका कै क्वारेन्टाईनमा रखिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.