Jilla Ban Notis

आख्यान तथा नाटक लेखन र मञ्चन विषयक गोष्ठी सम्पन्न् ।

0 70

कृष्ण ढकाल
बर्दघाट,बैशाख– २५

बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा साहित्य तथा कला विभागको आयोजनामा आख्यान तथा नाटक लेखन र मञ्चन विषयक गोष्ठी सम्पन्न् भएको छ । प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमी को अध्यक्षता र बर्दघाट नगरपालिका उपप्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उप–प्रमुख उध्यायले बर्दघाट प्रज्ञा परिषदले आयोजना गर्ने सबैजसो कार्यक्रमहरुमा प्रज्ञा सभाकै ब्यक्तीहरुको उपस्थिती नहुनेगरेको प्रति दुःख ब्यक्तगर्नु भएको थियो ।
उहाँले यदि प्रज्ञा सभा सदस्यहरु कहिल्यैपनि यसरीनै नआईरहने होभने उहाँहरुलाई राखिरहनुको कुनै औचित्य नहुने भन्दै प्रज्ञा सभा सदस्य संख्या घटाउन पर्ने भए सल्लाह गरेर निर्णयमा पुग्नका लागि आग्रह गर्नु भएको थियो ।
भाषा– साहित्य विभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । आख्यान विषयमा भैरहवा बहुमुखि क्याम्पसका प्रध्यापक त्रिभुवन बरईको कार्यपत्र सहितको प्रशिक्षणात्मक सहजीकरण थियो भने बुटवल बहुमुखि क्याम्पसका प्रध्यापक अजित खनालको नाटकका विषयमा कार्यपत्र सहितको प्रशिक्षणात्मक सहजीकरण रहेको थियो ।

कार्यक्रममा बर्दघाट प्रज्ञा सभासदस्य शेषकान्त पौडेलले टिप्पणीकारका रुपमा आफ्नो धारणा राख्नु भएको थियो भने प्राज्ञ परिषद् सदस्य दीपप्रकाश लोहनीको धन्यवाद ज्ञापन , सदस्य सचिव रामविलास पौडेलको संचालन र कुस्माकर ढकाल एवं शक्ति पौडेलको प्रविधि संयोजनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

बर्दघाट नगरपालिकाको सभाहलमा आयोजना गरीएको उक्त गोष्ठीमा बर्दघाट नगरका बिभिन्न विद्यालयका शिक्षक,बिधार्थी र साहित्यमा रुचि राख्नेहरुको करिव ८० बढीको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.