Jilla Ban Notis

अष्ट्रेलियामा नेपालीले गरे रक्तदान

0 18

अष्ट्रेलिया

रुपन्देही सामाजिक संजाल अष्ट्रेलिया(RSNA) ले आज आइतबार अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा ४८३ जर्ज स्ट्रिट टाउनहलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाकाल देखिनै विभिन्न परोपकारी सामाजिक कार्य गर्दै आईरहेको संजालले वार्षिक कार्यक्रम् अनुसार “सेवा नै धर्म हो“ “रक्त दान जीवन दान“ भन्ने उक्तिलाई आत्मसाथ गर्दै रक्तदान गरेको हो । बिहान ठिक ९ बजेबाट सुरु भएको कार्यक्रम करिब १ः३० बजे समापन भएको थियो । कार्यक्रममा ११ जना (Whole Blood) र बाँकी ३ जना ले (Plasma    ) दान गरेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले जानकारी दिनुभयो । इश्वर पोख्रेल “अविरल “दिवाकर काफ्ले,अर्जुन गैरे, मुक्तिराम पोखरेल रोशन कोइराला,लक्ष्मि न्यौपाने,रबि थापा, सरोज पान्डे,बिनोद मैनाली,पदम अधिकारी,सिमा थापा,कमल भन्डारी , प्रदीप खनाल एवं एनआर एन एनएसडब्लु डिपुटी कोअडीनेटर चुन्ना क्षेत्री लगायत १४ जनाले रक्तदान गर्नु भएको थियो ।

सो कार्यक्रम संस्थाका अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षता, संस्थाका महासचिव दिवाकर काफ्लेको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रम संयोजन मुक्तिराम पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संथापक अध्यक्ष राज खनालको साथै कार्यकारी पधादिकारी सदस्य तुल्सा पान्डे लगायतका पदाधिकारी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.