Jilla Ban Notis

अल्पसंख्यक तथा दलित समुदायको हकअधिकार संबिधानतय कार्यन्वयन हुन सकेन ः दलित अगुवा

0 99

गौरीशंकर जयसवाल

परासी ६ साउन
संबिधानले अल्पसंख्यक समुदाय ,दलित समुदायको हक अधिकार सुनिश्चिता गरेपनि संबिधानमा लेखेको कुरा कार्यन्वयन आउन नसकेको परासीमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।
उनीहरुले २०७२को सबिधानमा अल्पसंख्य समुदाय ,दलित समुदायको हक अधिकार सुनिश्चिता भएपनि व्यवहारमा र कार्यन्वयन नहुदाँ अधिकारबाट बन्चित हुनुपरेको बताए । आज पश्चिम नवलपरासीमा अल्पसंख्यक अधिकार संरक्षण मंञ्च मधेश मानव अधिकार गृह माहुरी होमले आयोजना गरेको अल्पसंख्यक समुदाय सैद्धान्तिक र अधिकार सवाल लक्ष्ति समुदायको सामाजिक सशक्तिकारणमा सरोकारवालाको भूमिक बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

बर्दघाट नगरपालिकाका कार्यपालिका सदस्य गोबिन्द बिश्वकर्माले सबिधानले अल्पसंख्य समुदाय ,दलित समुदायको हक अधिकार सुनिश्चिता गरेपनि सबिधान कार्यन्वयन नहुदाँ आर्थिक सामाज राजनिती र शैक्षिकमा दलित ,अल्पसंख्यक समुदाय पछाडी परेको बताउदै दलित ,अल्पसंख्यक समुदाय पहुँच पुयाउनुपर्नेमा जोड दिएका थिए ।

दलितबाट प्रतिनित्व गर्ने कार्यपालिका सदस्य रामनन्द हरिनजले आर्थिक बिपन्नता आधारमा दलितहरुको अधिकार व्यवस्था गर्ने र प्रत्येक गाउँपािलका वडाहरुमा अल्पसंख्य दालित समुदायको प्रतिनीधत्व गराउनुपर्ने जोड दिए ।
जिल्ला समन्वय समितीका प्रमुख भगौती यादवले दलित समुदाय र अल्पसंख्यक समुदायलाई अधिकारमा भएको शोषण अत्य गर्न सबै क्षेत्र लग्नुपर्नेमा जोड दिएका थिए । उनले सबिधानले दलित ,अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरेकोले उनीहरुलाई पनि पहुँचमा पुयाउन जरुरी रहेको प्रमुख यादवले बताए ।

सुनवल नगरपालिकामा दलितबाट कार्यपालिका सदस्यमा प्रतिनिधत्व गर्ने बिनोद कुमालले जातिय छुवाछुत घोषण गर्नुपर्नेमा जोड दिदै सबिधान अग्रिडकार गरेको दलित समुदाय अल्पसंख्य समुदाय अधिकार हरेका क्षेत्रमा प्रतिनिधत्व हुने गरी अधिकार सुनिश्चिता गराउन जरुरी रहेको बताए ।

रामग्राम नगरपालिका वडान १५ का वडाअध्यक्ष धनपत यादवले दलित ,अल्पसंख्यक समुदायको अधिकार सुनिश्चिता भएको तर अझै अपुग भएको बताउदै राजनितीकमात्र कार्यपालिका सदस्यमात्र सिमित मात्र नभई राजनिती दलको प्रमुख पदमा पनि दलित ,अल्पसंख्यक समुदायको प्रतिनिधत्व गराउनुपर्नेमा जोड दिए ।

सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले नेपालका राजनिती प्रमुख दलहरुमा पनि दलित ,अल्पसंख्यक समुदायको प्रमुख पदमा राख्नुपर्नेमा जोड दिईन । रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले दलित ,अल्पसंख्यक समुदायको जिवन उकास्ने खालको कार्यक्रम ल्याउनको लागि योजनासाथ आए नगरपालिकाले बजेट बिनियोजन गरेर कार्यक्रम समेत दिनृे बताए ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सबिधानमा दलित ,अल्पसंख्यक समुदायको अधिकार सुनिश्चिता गरेपनि कार्यन्वयन नभएको बताउदै जनसंख्यको आधारमा दलित ,अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने जरुरी रहेको बताउै उनीहरुलाई र्शैक्षिक बिकास तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले दतिलबाटै दलितको भेदभाव हुने गरेकोले सबैभन्दा पहिला दलित ,अल्पसंख्यक समुदायलाई शैक्षिक क्षेत्र बिकास गरी शिक्षित बनाउन जरुरी रहेको यादवले बताए ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरबाट दलित ,अल्पसंख्यक समुदायको लागि जीनव उकास्ने खालको कार्यक्रमको लागि नगरले सहयोग गर्ने बताए ।
कार्यक्रममा माहुरी होम नवलपरासी शाखाका अध्यक्ष बृजराज कुशवाहले अल्पसंख्यको अधिकार अल्पसंख्यको बिशेष अधिकार अल्पसंख्यको अधिकार रलक्षित व्यवस्था,र अल्पसंख्यको अधिकारको प्रश्नकोबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
अल्पसंख्यक अधिकार संरक्षण मंञ्च मधेश मानव अधिकार गृह माहुरी होम कपिलबस्तुका अध्यक्ष प्रेमचन्द्र जयसवालको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती यादवको प्रमुख अाितथ्यता भएको कार्यक्रममा नवलपरासीका सातैवटा स्थनिय तहका प्रमुख उपप्रमुख कार्यपालिका सदस्य वडाअध्यक्षहरुको सहभागिता रहेको माहुरी होमका अनिल यादवले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.